विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कास्की जिल्ला मादी गाउँपालिका निर्माणाधीन २४ मेगावाटको मादमे खोला जलविद्युत आयोजनाको काम ५४ प्रतिशत पुरा भएको छ । मादमे खोला हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको आयोजनाको आधा भन्दा बढी काम सकिएको हो ।

२०७९ असोजमा वातावरणीय प्रभाव मुल्यांकन स्वीकृत भएपछि कात्तिकदेखि आयोजनाको काम सुरु गरेको कम्पनीका अध्यक्ष सुशन कर्मचार्याले बताईन । अहिले आयोजनाको बाँध, पानीमार्ग, विद्युतगृहलगायत सबै क्षेत्रको काम तिव्र गतिमा अघि बढेको छ ।

‘आयोजनको बाँध क्षेत्र इन्टेकको काम सकिसकको छ’, उनले ऊर्जा खबरसँग भने, ‘अहिले १३५० किलोमिटर लामो पाइप लाइनको काम भइरहेको छ ।’ पाइप लाइनका लागि आवश्यक उपकरण चीनबाट आउन ढिला हुँदा यस क्षेत्रको काम सुस्त भइरहेको हाे ।

२७०० मिटर लामो हेडरेसको काम पनि भइरहेको छ । यसका लागि पनि उपकरण आउन ढिला हुँदा सोचेअनुरुपमा काम हुन नसकेको कम्पनीले जनाएको छ । उपकरणहरू आउनेलगतै आयोजनाको काम तिव्र गतिमा अघि बढ्नेछ । विद्युतगृहको काम पनि भइरहेको छ ।

कम्पनीले २०७७ असार ३ गते विद्युत विकास विभागबाट उत्पादन अनुमति पाएपछि काम अघि बढाएको थियो । तर, २०७८ को बर्खायाममा आएको बाढी र पहिरोका कारण काम रोकिएको थियो । 

७ किलोमिटर लामो पहुँच सडकको ७५ प्रतिशत भाग पहिरो खसेर पुरिएपछि काम बन्द भएको थियो । बाढीले असर गर्दा करिब १० करोड रुपैयाँ बढीको क्षति भएको भएको थियो । कम्पनीले पहिरोले पुरिएको सडक पुनःनिर्माण पछि गत कात्तिकदेखि आयोजनाको सिभिल संरचनाको काम सुरु गरेको थियो ।

आयोजनाको सबै काम पूरा गरेर २०८० भित्र उत्पादन सुरु गर्ने लक्ष्य थियो । तर, बाढी पहिरो, कोरोना महामारीलगायतका विविध कारणले गर्दा प्रभावित भएको कम्पनीले जनाएको छ । नयाँ तालिका अनुसार डेढ वर्ष (२०८१ भदौभित्र) सबै काम पूरा गरी उत्पादन सुरु गर्ने लक्ष्य छ ।

आयोजना सम्पन्न गर्न ४ अर्ब ५६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा कर्मचारी सञ्चय कोष, एनआइसी एसिया र प्रभु बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी २५ प्रतिशत स्वपूँजी लगानी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit