विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोलखामा अघि बढाउन लागिएकाे ९९.५ मेगावाटको तामाकोसी-५ जलविद्युत आयोजना निर्माण गर्न चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन छनाेट भएको छ । आयोजनाको निर्माणका लागि प्राविधिक प्रस्तावमा छनाेट भएका दुई कम्पनीमध्ये आर्थिक प्रस्तावमा कम कबोल गर्ने सिनो हाइड्रो छनाेट भएको हो ।

नेपाल विद्युत प्राधिकरणले मंगलबार (फागुन १६ गते) खाेलेकाे वित्तीय प्रस्तावमा कम कबाेल गरेर निर्माण ठेक्का सिनो हाइड्रोले पाएकाे आयाेजना प्रमुख हेमन्त भट्टले बताए । अब सिनो हाइड्रोले पहिलो चरणको सिभिल र हाइड्रोमेकानिकलको काम गर्नेछ ।

प्रवर्द्धक कम्पनीले २०७९ साउन ९ गते आयोजना निर्माण गर्न इच्छुक विदेशी कम्पनीका लागि प्रस्ताव आह्वान गरेकोमा सिनो हाइड्रो कर्पोरेशन लिमिटेड र चाइना गेजुवा ग्रुप कर्पोरेशन प्राविधिक प्रस्तावबाट सर्टलिस्टमा छनोट भएका थिए ।

प्राधिकरणको सहायक कम्पनीमार्फत ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युतकाे क्यासकेडको रूपमा यो आयोजना निर्माण हुनेछ । यसको बाँध निर्माण नगरी माथिल्लो तामाकोसीको विद्युत गृहबाट आएको टेलरेसको पानीलाई सिधै सुरुङमा पठाइनेछ ।

आयोजनाको ८ किलोमिटर सुरुङ निर्माण गरी सुरीटारमा भूमिगत विद्युतगृहमार्फत विद्युत उत्पादन गरिनेछ । आयोजनाबाट उत्पादित विद्युत २२० केभीको प्रसारण लाइनमार्फत २ किलामिटर दुरीमा रहेको गोंगर–खिम्ती प्रसारण लाइनमा जोड्नेछ ।

सिनो हाइड्रोले माथिल्लो तामाकोसी र कुलेखानी तेस्रोको निर्माणकाे काम गरेको थियाे । तनहुँ जलाशययुक्त आयोजनाको विद्युतगृहको समेत काम गर्दै आएको छ । पछिल्लो समय अलपत्र मेलम्ची खानेपानी आयोजनाको काम पनि यही कम्पनीले पूरा गरेको हो ।

आयोजनाको काम आगामी ४ वर्षभित्र सम्पन्न गर्ने आयोजना भट्टले बताए । आयोजनाको काम आर्थिक वर्ष २०८०/८१ देखि सुरु हुनेछ । आयोजनाका सम्पूर्ण संरचना विगू गाउँपाकिकामा निर्माण हुनेछ ।

करिब १८ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा कर्मचारी सञ्चय कोषले ७० प्रतिशत अर्थात १३ अर्ब रुपैयाँ ऋण लगानी गर्ने सहमति जनाइसकेको छ । बाँकी स्वपूँजी तथा सर्वसाधारणबाट लगानी हुनेछ ।

यो आयोजनाको इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपीसी) मोडलमा निर्माण गर्न लागिएको छ । आयोजनालाई दुई भागमा निर्माण गर्न लागिएको छ । पहिलो भागमा सिभिल संरचना र हाइड्रो मेकानिकलको काम गर्न लागिएको हो । दोस्रोमा इलेक्ट्रो मेकानिकल काम हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३