विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । म्याग्दी जिल्लाको अन्नपूणै गाउँपालिकामा ५ मेगावाटको घलेम्दी खोला जलविद्युत आयोजना निर्माण गरि सञ्चालन गरिरहेको घलेम्दी हाइड्रो लिमिटेडले ६३ मेगावाटको छुजुङ्ग खोलामा लगानी गर्ने निर्णय गरेको छ । कम्पनीले संखुवासभामा रहेको आयोजना लगानी गर्न लागेको हो ।

साग्रिला ऊर्जा प्रालिद्धारा अघि बढाएको आयोजनामा लगानी गर्ने तयारी भइरहेको घलेम्दी हाइड्रोले जनाएको छ । कम्पनीका अनुसार जारी पूँजीको १ः२ को अनुपातमा हकप्रद सेयर निष्कासन गरी प्राप्त भएको रकम छुजुङ्ग आयोजनामा लगानी गरिनेछ ।

कम्पनीले हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढाएको छ । कम्पनीले छुजुङ्ग कम्तिमा ५१ प्रतिशत सेयर कायम हुनेगरी लगानी गर्ने जनाएको छ । कम्पनीले आयोजनाको सिभिल संरचना, उपकरण जडान तथा परीक्षणको २०८४ मंसिरभित्र सम्पन्न गर्नेगरी निर्माण प्रक्रिया अगाडी बढाएको छ ।

नदीको बहावमा आधारित (पिकिङ रन अफ रिभर) प्रकारको आयोजनाको वहाव डिजाइन ८.४१ घनमिटर प्रतिसेकेन्ड र कुल हेड ९३८ मिटर हुनेछ । यो आयोजनाबाट वार्षिक सरदर ३७१.८४८ गिगावाट घण्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ ।

आयोजनाको मुख्य संरचनाहरू खोलाको दायाँ किनारमा पर्दछ । छुजुङ्ग खोलामा बाँध बाधी खोलाको दायाँपट्टी निर्माण हुने इन्टेक पाइपबाट पानी फकाई सो पानीलाई आयोजनाको मुख्य संरचनाहरू हुँदै विद्युत गृहमा लगिनेछ र तत्पश्चात् टेलरेस टनेल मार्फत पानीलाई सोही खोलामा पठाइनेछ ।

उत्पादित ऊर्जालाई ११/१२० केभीको ५५ किलोमिटर लामो दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको प्रस्तावित शितलपाटी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit