विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङको दोर्दी खोलामा हिमालयन पावर पार्टनर लिमिटेडले निर्माण सम्पन्न गरेकाे २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजनाबाट उत्पादन परीक्षण सुरु भएको छ । आइतबार (भदौ १२ गते) देखि आयोजनाबाट परीक्षण उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ ।

अायाेजनाबाट उत्पादित विद्युत २२० केभी मर्स्याङ्दी काेरिडाेर मार्फत मध्यमर्स्याङ्दी विद्युतगृहकाे सिउँडीबारकाे बेमा जाेडिएकाे कम्पनीका प्रबन्ध निर्देशक गुरुप्रसाद ढकालले बताए । परीक्षण उत्पादन १५-२० दिन लाग्ने र यसपछि व्यापारिक उत्पादन सुरु हुने ढकालले जानकारी दिए । विद्युत जाेडिने दाेर्दी काेरिडाेरकाे निर्माण भने नेपाल विद्युत प्राधिकरणले अहिलेसम्सम पूरा गरेकाे छैन ।

विसं २०७२ फागुनबाट निर्माण सुरु गरेको यस आयोजनाले विसं २०७५  भदौ १५ गते विद्युत उत्पादन गर्ने लक्ष्य राखेको थियो । नाकाबन्दी, अघिल्लो वर्षायाममा विद्युतगृहमा मर्स्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामानमा पुर्याएको क्षति, कोरोनाका कारण जारी निषेधाज्ञा र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले ढिलाइ हुन पुग्दा निर्धारित समयमा काम सम्पन्न नभएको आयोजनाले जनाएको छ ।

पछि समय थपेर विसं २०७६ चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झाैता गरे पनि सोही अवधिमा पनि निर्माण सम्पन्न नभएपछि विसं २०७६ असारसम्म सक्ने गरी सम्झौता भएको थियो । सो समयमा पनि निर्माण सम्पन्न गर्न नसकेपछि विसं २०७६ पुस महिनामा बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको थियो । प्राधिकरणले समयमा प्रसारण लाइन निर्माण पूरा नगर्दा विद्युत उत्पादनमा समय लागेकाे थियाे ।

आयोजना सम्पन्न गर्न सुरुमा ४ अर्ब २३ करोड रूपैयाँ लाग्ने अनुमानका साथ निर्माण थालनी गरे पनि निर्माण अवधि लम्बिदै गएकाले अहिले करिब ५ अर्ब रुपैयाँमा पूरा भएकाे जनाइएकाे छ । आयोजनामा गैरआवसीय नेपाली संघ (एनआरएनए) को ३५.७ प्रतिशत, आइएमई समूहको ३४.३ प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ ।

प्राधिकरण र सो कम्पनीबीच विसं २०६९ असार १ गते पिपिए सम्झौता भएको थियो । आयोजनाको अनुसार सुक्खायाममा ८.४० रुपैयाँ र वर्षायाममा ४.८० रुपैयाँमा विद्युत खरिद गर्ने सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit