विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । गत वर्षको असारमा परेको भीषण वर्षापछि आएको बाढी–पहिरोले गम्भीर क्षति भएको ९.९ मेगावाटको इवा खोला जलविद्युत् आयोजना पुनर्निर्माणपछि सञ्चालनमा आएको छ । आज (जेठ १५ गते) देखि आयोजनाका दुवै युनिट सञ्चालनबाट विद्युत् उत्पादन सुरु भएको हो ।

तत्कालीन रैराङ हाइड्रोपावर कम्पनी र पछि रिडी पावर कम्पनी प्रवर्द्धक रहेको आयोजनाको बाँध, १.५ किलोमिटर पेनस्टक पाइप, प्रसारण लाइन र विद्युत्गृहमा ठूलो क्षति पुगेको थियो । विद्युत्गृह पूरै डुबानमा परेको कम्पनीका कार्यकारी निर्देशक कुवेरमणि नेपालले बताए । ‘यी सबै संरचनाको पुनर्निर्माण गर्न करिब ४० करोड रुपैयाँ खर्च भयो भने विद्युत् उत्पादन नहुँदा बैंकको ब्याजसहित करिब ७५ करोड रुपैयाँ नोक्सान बेहोर्नुपर्‍याे,’ उनले ऊर्जा खबरसँग भने ।

ताप्लेजुङ र पाँचथरको सिमानाबाट बग्ने इन्द्रावती खोलामा निर्माण भएको आयोजनाबाट २०७६ सालदेखि विद्युत् उत्पादन सुरु भएको थियो । २०८० साल असारमा आएको बाढीका कारण यो सहित पूर्वका दर्जन आयोजनामा क्षति पुगेको थियो ।

बाढी–पहिरोबाट क्षति पुगेका आयोजनाका लागि क्षतिपूर्तिको माग गर्दै सरकारसँग अनुरोध गरे पनि कुनै सहयोग नभएको नेपालले बताए । ‘सरकारले भन्सार सुविधामा समेत छुट दिएन, हामीले दुःख कष्ट गरेर आयोजना पुनः सञ्चालनमा ल्याएका छौँ,’ उनले भने, ‘प्रवद्र्धकका यस्ता पीडा सरकारको नजरमा पर्नुपर्‍यो ।’ गत असारको बाढी–पहिरोले इवाखोला, २५ मेगावाटको काबेली बी–१ लगायत यस क्षेत्रका आयोजनामा क्षति पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३