विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता (लङ टर्म पिपिए) हुने भएको छ । आगामी १९ गते (बुधबार) काठमाडौँमा हुने दुई देशका परराष्ट्र मन्त्रीस्तरीय (जाेइन्ट कमिसन) बैठकका क्रममा यस्ताे सम्झाैताकाे तयारी गरिएकाे हाे ।

२५ वर्षका लागि लागु हुने गरी उक्त सम्झौता गर्ने तयारी भइरहेको ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले जानकारी दिए । ‘भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने विषयमा छलफल हुन लागेको हो, हामी त्यसकाे तयारी गरिरहेका छाैँ,’ उनले भने, ‘यो सम्झौतासँगै नेपाललाई अन्तरदेशीय विद्युत् व्यापारमा थप सहजता हुनेछ ।’

गत भदौमा भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेको थियो । जसअनुसार नेपाल र भारतको लगानीका जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली भारत लैजान दीर्घकालीन सम्झौता गर्न भारतले चासाे देखाएकाे छ । सम्झौतापत्रमा दुवै देशका ऊर्जा सचिवहरूले हस्ताक्षर गर्ने कार्यक्रम छ ।

भारतका विदेश मन्त्री एस जयशंकरकाे दुई दिने नेपाल भ्रमणका क्रममा १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने माेडालिटीका विषयमा विशेष छलफल हुने कार्यक्रम छ । यस्तै, हवाइ आवद्धता, डिजिटल पेमेन्ट, भारतीय लगानीमा बनेका आयाेजनाहरूकाे उद्घाटन जस्ता कार्यक्रम तय गरिएकाे छ ।

परराष्ट्र मन्त्री एनपी साउद तथा जयशंकरले अध्यक्षता गर्ने बैठकमा अन्य द्विदेशीय आपसी सम्बन्धका विषयमा समेत छलफल हुने बताइएकाे छ । जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत भेट्ने कार्यक्रम रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३