विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले कम्पनीका सेयरधनीलाई वार्षिक न्यूनतम १० प्रतिशत प्रतिफल दिने भएको छ । कम्पनीले तयार गरेको १० वर्षे दीर्घकालिन योजनामा उक्त कुरा समेटिएको हो ।

कम्पनीले आफ्नो ११ औ वार्षिकोत्सवको अवसरमा कम्पनीको गतिविधी एवं भावी गन्तव्य सम्बन्धि झलक प्रकाशन गर्दै दिर्घकालिन लक्ष्यमा आफ्ना सेयरधनीहरूलाई वार्षिक न्यूनतम १० प्रतिशत प्रतिफल प्रदान गर्ने गरी वित्तिय स्रोतको व्यवस्थापन गर्ने जनाएको छ ।

यस्तै कम्पनीको पूँजी कोषमा न्यूनतम तीन गुणा लचकता कायम गर्ने गरी सेयर पुँजी वापत ४० अर्ब रुपैयाँ र अन्य वित्तिय उपकरणको माध्यमबाट १२९ अर्ब रुपैयाँसहित कुल १६० अर्ब रुपैयाँ वित्तिय स्रोत परिचालन गर्नेछ । परिचालन भएको वित्तिय स्रोतको न्यूनतम ९० प्रतिशत रकम जलविद्युत आयोजनाहरूमा लगानी गर्नेछ ।

यस्तै, दिर्घकादिन योजनामा करिब १० हजार मेगावाट जडित क्षमताका जलविद्युत आयोजनाहरूमा १५० अर्ब रुपैयाँ बराबरको लगानीमा कम्पनीको संलग्नता रहने जनाइएको छ । कुल लगानीमध्ये न्यूनतम ४५ प्रतिशत सेयर पूँजीमा र अधिकतम ५५ प्रतिशत ऋणमा लगानी गर्ने गरी दिर्घकालिन संरचना तयार गर्ने लक्ष्य छ ।

हाल कम्पनीको अधिकृत पुँजी ५० अर्ब रुपैयाँ, जारी पुँजी २३ अर्ब ४९ करोड ६० लाख रुपैयाँ र चुक्ता पुंजी २० अर्ब १९ करोड ६० लाख रुपैयाँ रहेको छ । प्रर्वद्धक संस्थाहरूले खरिद नगरेको अवितरित ३ करोड ३० लाख कित्ता हकप्रद सयर अन्य संस्थापक समुहमा वर्गिकरण गरी लिलाम बिक्रीको प्रक्रियामा रहेको छ ।

पुँजी संरचनामा नेपाल सरकारको ५० प्रतिशत, कर्मचारी सञ्चय कोषको ५ प्रतिशत, नागरिक लगानी कोषको ५ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको ५ प्रतिशत, अन्य संस्थापक समुहको १५ प्रतिशत र सर्वसाधारण समुहको २० प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit