विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । यो वर्ष देशभरमा वितरण तथा सबस्टेसन ओभर लोड भई हुने ट्रिपिङ (जथाभावी विद्युत काटिने) को समस्या घटेको छ । देशभरको विद्युत सेवा गुणस्तरीय, भरपर्दो र दिगो बनाई आपूर्ति नियमित गर्न वितरण लाइन तथा सबस्टेसनको स्तरोन्नति गरेपछि ट्रिपिङ घटेको हो । 

सबैभन्दा बढी विद्युत खपत हुने काठमाडौं उपत्यकामा यो वर्ष मंसिर महिनामा ३ सय ४७ पटक ट्रिपिङको समस्या देखिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा १४ सबस्टेसनमा ट्रिपिङ हुँदा करिब २२ घण्टा  विद्युत विद्युत आपूर्ति बन्द हुन पुग्यो । 

यो गत वर्षको तुलनामा ४३ घन्टा कम हो । गत वर्ष मंसिर महिनाभरमा ५ सय ७७ पटक ट्रिपिङ भई ६५ घण्टा विद्युत आपूर्ति बन्द भएको प्राधिकरणको तथ्याङ्क छ । प्रणालीमा माग अनुसार आपूर्तिका लागि पर्याप्त विद्युत रहेकाले प्राविधिक कारण बाहेक विद्युत  कटौती (लोडसेडिङ) नभएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । 

सडक तथा खानेपानीको पाइप विस्तार भएका क्षेत्रमा भूमिगत केवलमा क्षति पुग्दा, केही स्थापनमा पोल तथा टान्सर्फमर सार्नु पर्दा र प्राविधिक कारणले मात्रै कहिले काहीं विद्युत सेवा अवरुद्ध हुने गरेको पनि उनले बताए । 

‘अहिलेसम्मको तथ्याङ्कले गत वर्षको पुसमाभन्दा यो वर्ष ट्रिपिङ कम भएको देखाएको छ । अघिल्लो वर्ष गरिएका प्रसारण तथा वितरण प्रणाली सुधारका कामको नतिजाले नै यो वर्ष ट्रिपिङ घटाउन सफल भएका छौं,’ उनले भने, ‘यो वर्ष प्रणाली सुधारका लागि भइरहेका कामको नतिजा अब अर्को वर्ष देखिनेछ ।’ उनले प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर आपूर्ति बन्द भएका कारणले त्यसलाई लोडसेडिङ भन्न नहुने स्पष्ट पारे ।

उनले अब लोडसेडिङ इतिहास भइसकेको बताउँदै शाक्यले अब ट्रिपिङ बढी हुने लाइन तथा सबस्टेसनको पहिचान गरेर त्यसको स्तरोन्नति गर्नतर्फ प्राधिकरणले काम गरिरहेको बताए । यो वर्ष सडक विस्तार, खानेपानीको पाइप जडान, विद्युतका पोल सार्न, ट्रान्सफर्मर बदल्न, वितरण प्रणालीेको मर्मत सम्भारलगायतका काम गर्न विद्युत आपूर्ति बन्द गर्ने क्रम पनि घटेको छ । 

गत वर्ष मंसिर महिनाभरमा यी काम गर्न ४ सय ९१ पटक विद्युत आपूर्ति बन्द (सट डाउन) गरिएकोमा यस वर्ष ३ सय ६२ पटक मात्रै सटडाउन लिइएको छ । स्थानीय रुपमा माग धान्न नसक्ने अवस्थामा ओभरलोडेड ट्रान्सफर्मर फेर्ने, लाइन मर्मत गर्ने कार्य गरेर वितरण प्रणाली सुधारको काम भइरहेको शाक्यले जानकारी दिए ।  

विद्युत आपूर्ति विश्वसनीय र भरपर्दो बनाउन कन्डक्टर फेर्ने, ट्रिपिङको समस्या समाधान गर्न विद्युतको मागलाई ध्यान दिएर फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाउने कामलाई उच्च प्राथमिकतामा राखी सोही अनुसार काम प्राधिकरणले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit