विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले इनर्जी मिक्सको सिद्धान्तअनुरूप चौथो आयोजनाको रूपमा ग्रिडमा आवद्ध ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरेको छ ।

पुस २० गते (सोमबार) भएको लगानी व्यवस्थापन सम्बन्धी सम्झौतामा कम्पनीका अध्यक्ष सतिस न्यौपाने र बैंक अफ काठमाडौंका चिफ बिजनेस अफिसर विमल डागाँले हस्ताक्षर गरेका छन् । प्रदेश २, रौतहटको चन्द्रपुर नगरपालिकामा सौर्य ऊर्जा उत्पादन प्यानलहरू जडान गरी विद्युत् उत्पादन हुनेछ ।

आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको चन्द्रनिगाहपुर सबस्टेसनको ३३ केभी बसबारमा जडान गरी राष्ट्रिय ग्रिडमा पुर्याइनेछ । आयोजनाबाट वार्षिक ६९.२५ लाख युनिट विद्युत् उत्पादन हुनेछ ।

३३ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा २५ प्रतिशत (८.२५ करोड रुपैयाँ) स्वपुँजी र ७५ प्रतिशत (२४.७५ करोड रुपैयाँ) ऋण लगानी हुनेछ ।
यसैगरी, कम्पनीले सुदूरपश्चिम प्रदेशको दार्चुलामा नौगड गाड नदीमा ८.५ मेगावाटको नौगड गाड ८ मेगावाटको अपर नौगड गाड आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । यी आयोजनाबाट उत्पादित विद्युत् प्राधिकरणको बलाँच सबस्टेशनमा जडान गरी अत्तरीया–बलाँच १३२ केभी प्रसारण लाइनमार्फत प्रवाह भइरहेको छ ।

उता सोही जिल्लामाको चमेलिया नदीको पानी उपयोग गरी कम्पनीले ४० मेगावाटको माथिल्लो चमेलिया निर्माण गरिरहेको छ । वार्षिक २६.४१ लाख युनिट विद्युत् उत्पादन हुने आयोजना निर्माण गर्न ७ अर्ब ४० करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

कूल लागतमध्ये ७० प्रतिशत (५१८ करोड रुपैयाँ ऋण) र ३० प्रतिशत स्वपुँजी (२२२ करोड रुपैयाँ स्वपुँजी) लगानी हुनेछ । हिमालन बैंक लिमिटेडको अगुवाईमा ऋण लगानी गर्न गत असोज ११ गते सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit