विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

झापा । सौर्य विद्युत् उत्पादक कम्पनी झापा इनर्जीले ५ महिनामा ४ करोड ७० लाख ९३ हजार ४ सय ९७ रुपैयाँको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष लालबहादुर सावाँ लिम्बूका अनुसार आर्थिक वर्ष २०८२र८३ को साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा कम्पनीले  ६५ लाख २१ हजार २६० युनिट विद्युत् उत्पादन गरेको हो ।

शिवसताक्षी नगरपालिका–४ बुलुचोकमा झापा इनर्जीको १० मेगावाटको सौर्य विद्युत् केन्द्र सञ्चालनमा छ । उक्त सौर्य विद्युत् केन्द्रले उत्पादन गरेको विद्युत् नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट ७ रुपैयाँ ३० पैसाका दरले खरिद गर्दछ । 

केन्द्रले २०८० साल माघ १० गतेदेखि विद्युत‌्‌को व्यावसायिक उत्पादन गर्दै आएको छ भने त्यसअघि २०७८ साल मंसिर १२ गते प्राधिकरणले उक्त कम्पनीसँग विद्युत खरिद–बिक्रीको सम्झौता (पिपिए) गरेको थियो ।

बुलुचोकमा २२ बिघा जग्गा खरिद गरेर इनर्जीले परियोजना निर्माण गरेको छ । उत्पादनस्थलमा २१ हजार ६ सय वटा सौर्य प्यानल जडान गरिएका छन् । परियोजनाबाट उत्पादित सौर्य विद्युत‌्‌लाई १ किलोमिटरको दूरीभित्रै रहेको नेपाल विद्युत् प्राधिकरणको बुलुचोक सबस्टेसनमा पुर्‍याएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ५ करोड २८ लाख ८४ हजार ७ सय ७७ रुपैयाँबराबरको सौर्य विद्युत् उत्पादन गरी प्राधिकरणलाई बिक्री गरेको थियो । आर्थिक वर्ष २०८१/८२ मा बिक्री बढेर ९ करोड १० लाख ५९ हजार ४ सय ७५ पुगेको अध्यक्ष लिम्बूले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३