विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । इङ्वा हाइड्रो पावर लिमिटेडको साधारण सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको १२ लाख कित्ता सेयर आवेदन खुल्ला गरेको हो । 

कम्पनीकाे जारी पूँजी १२ करोड ६८ लाख ६३ हजार ९ सय रुपैयाँ रकम बराबरको सय रुपैयाँ अंकित १२ लाख ६८ हजार ६ सय ३९ कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकको लागि निष्कासन तथा बाँडफाँड गरी दोस्रो चरणमा सर्वासाधरणका लागि निष्कासन गर्न लागेको हो । 

सर्वसाधारणले न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । आवेदकले छिटोमा बैशाख १७ गतेसम्म र ढिलोामा बैशाख २७ गतेसम्म आवेदन दिन सकिनेछ । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले पाँचथरमा ९.७ मेगावाटको इङ्वा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३