विद्युत अपडेट

  • प्राधिकरण : ५२४८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९१० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६८३८ मे.वा.घन्टा
  • आयात : ८९७७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७०९३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०८३ मे.वा.
२०८२ चैत ६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नबिल बैंकले उद्यमशिलता विकास र वित्तीय पहुाच विस्तारका लागि पोखरा विश्व विद्यालयसाग साझेदारी गरेको छ । बैंकले सञ्चालन गरेको ‘नबिल दिगो बैंकिङ’ कार्यक्रम अन्तर्गत वित्तीय पहुाच विस्तार गर्ने उद्देश्यले विश्व विद्यालयसाग साझेदारी गरेको हो ।

साझेदारी सम्झौता पत्रमा नबिल बैंककोतर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र विश्वविद्यालयको मानविकी तथा सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले हस्ताक्षर गरे । सम्झौता अनुसार बैंकले विश्व विद्यालयको उद्यमशीलता विकासमा स्नातक कार्यक्रम अन्तर्गतका उद्यमशील परियोजना संचालन गरिरहेका उद्यमी विद्यार्थीलाई कर्जाको सुविधा उपलब्ध गराई उद्यमशीलता विकासमा सहयोग पुर्याउने छ । 

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत शाहले यस सम्झौताले बैंक र विश्व विद्यालयको सम्बन्धमा नयाा आयाम थपेको बताए । उनले बैंकले उद्यम गर्ने सोच सँगै त्यस सम्बन्धी ज्ञान हासिल गरेका युवामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए ।

विश्वविद्यालयका उपकुलपति डा. प्रेमनारायण अर्याल, रजिष्ट्रार डा. दिपकबहादुर भण्डारी तथा मानविकी र सामाजिक विज्ञान संकायका डिन थापाले बैंकको नयाँ सोचको प्रशंसा दिगो बैंकिङ कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे । 

कार्यक्रममा विश्व विद्यालयको विभिन्न पदाधिकारी, उच्च पदस्थ सरकारी कर्मचारी, पत्रकार, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष तथा विभिन्न व्यवसायी, संस्थाका प्रतिनिधि तथा बुद्धिजिवीका साथै दिगो बैंकिङ कार्यक्रम अन्तर्गत उद्यमशील बन्न चाहने विद्यार्थीको सहभागिता थियो ।    
यस बैंकले गत असार १५ गते धान दिवशको दिनदेखि ‘नबिल दिगो बैंकिङ’ कार्यक्रमको सुरुवात गरेको हो ।

सरकारको दिगो विकास लक्ष्यलाई सघाउन दिगो बैंकिङ कार्यक्रमको थालनी गरेको बैंकले जनाएको छ । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेको छ । 

बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुच न्युन भएका वर्गलाई लक्षित गरि कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरिे नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३