विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हिलटन हाइड्रो इनर्जी कम्पनीले १२ मेगावाटको सुपर काबेली खोला क्यासकेड जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले ताप्लेजुङ जिल्लाको सिरजंगा गाउँपालिका भएर बग्ने काबेली खोलामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।

अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरेको छ ।

विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन र आयोजनाको अध्यययन रिपोर्टका आधारमा प्रवद्र्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवालसँग  समक्ष  आग्रह गरेको छ ।

विभाग वा प्रवद्र्धक कम्पनीको कार्यालयमा प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवालाले पठाउन सक्ने विभागले जनाएको छ । आयोजनाको सम्पूर्ण संरचना काबेली खोलाको बायाँ किनारामा रहने गरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ ।

यो आयोजनाका सुपर काबेली ‘ए’ को क्यासकेड आयोजना हो । सुपर काबेली ‘ए’ को टेलरेसबाट झरेको पानीलाई ३ सय ५२ मिटर लामो हेडरेस पाईपमार्फत हेडरेस टनेलमा पुर्याइनेछ । १.९१० किलोमिटर लामो सुरुङ तथा २ सय ९० मिटर लामो पेनस्टक पाईप मार्फत सतही विद्युतगृहमा पुर्याइनेछ ।

विद्युतगृहमा ६.१९ मेगावाटको २ वटा टर्वाइन जडान गरिनेछ । टवाईनमा जडान भएको ३ फेजको २ वटा जेनेरेटरमार्फत विद्युत उत्पादन गरिनेछ । उत्पादीत विद्युत १८ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको अमरपुर सबस्टेसनमा जोडिनेछ ।

आयोजनाबाट २०७९ माघ ४ गते विद्युत उत्पादन गर्ने गरी प्रस्ताव गरिएको छ । आयोजना पूरा भएपछि वार्षिक सरदर ७१.९३७ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit