विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । करिब साढे तीन दशक लामो सरकारी सेवा गरेका सचिव ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रारका ऊर्जा सचिव सुरेश आचार्य सेवा निवृत्त भएका छन् । आइतबार मन्त्रालयमा आयोजित विशेष समारोहमा मन्त्री दीपक खड्काले उनलाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मानपूर्वक विदाई गरेका हुन् । 

कार्यक्रममा मन्त्री खड्काले सचिव आचार्यलाई ‘प्रष्ट विचार राख्ने, काममा कठोर तर इमानदार, जिम्मेवार र सहकार्यको भावना बोकेको कुशल प्रशासक’ भएको भनी प्रशंसा गरेका थिए । ‘हस्पिटलको बेडमै रहँदा पनि जिम्मेवारीबारे सोच्ने उहाँ जस्ता समर्पित व्यक्ति राज्यका सम्पत्ति हुन्,’ उनले भने, ‘साहित्य, लेखन र मनोरञ्जनप्रति रुचि राख्ने सचिव आचार्यको अवकाशपछि पनि राज्यले विभिन्न क्षेत्रमा उनको अनुभव र दक्षतालाई उपयोग गर्न सक्नेछ ।’

२०८१ असोज ६ देखि ऊर्जा सचिवको जिम्मेवारीमा आएका आचार्यको योगदान स्मरण गर्दै मन्त्री खड्काले स्वस्थ र सुखमय अवकाश जीवनका लागि शुभकामना दिए । 

बिदाई कार्यक्रममा सचिव आचार्यले सेवाकालमा आफूबाट कसैप्रति कठोर व्यवहार भएको भए त्यसलाई पदको कठोरताका रूपमा बुझिदिन आग्रह गरे । उनले भने, ‘मुलुकको ऊर्जा विकासको यात्रामा मन्त्रीज्यूको नेतृत्वमा सबैको साथ पाएँ । २८ हजार ५०० मेगावाट उत्पादनको दीर्घकालीन लक्ष्यसहित ऊर्जा विकास मार्गचित्र तयार पर्नेदेखि जलविद्युत्, प्रसारण लाइनदेखि भूमिगत आयोजनाको अनुगमनमा जुट्दा अपार अनुभव पाएँ ।’

आचार्यले बक्यौता रकम उठाउने, संरचनागत सुदृढीकरण गर्ने लगायतका चुनौतीपूर्ण काममा देखाएको प्रतिबद्धता स्मरण गर्दै भने, ‘राज्यले आवश्यकता ठाने भविष्यमा पनि म आफूलाई समर्पित गर्न सधैँ तयार हुनेछु ।’

कार्यक्रममा सिँचाइ सचिव सरिता दवाडीले सचिव आचार्यको लगनशीलता, कार्यशैली र प्रेरणादायी नेतृत्वको प्रशंसा गर्दै स्वस्थ जीवनको शुभकामना दिए । बिदाई कार्यक्रममा ऊर्जा राज्य मन्त्री खमबहादुर गर्बुजा, मन्त्रालयका सचिवहरू, सचिवसहित विभिन्न तहका कर्मचारीहरूको सहभागिता थियो ।

कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ अधिकारीदेखि विभिन्न तहका कर्मचारीलेसमेत सचिव आचार्यको सेवा निवृत्त खुसी जीवनका लागि शुभकामना व्यक्त गरेका थियो । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३