विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चालू आर्थिक वर्ष (२०७८/७९)  को पहिलो ३ महिनामा २५ जलविद्युत कम्पनीले करिब साढे २ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । साउनदेखि असोजसम्मको अवधिमा यी जलविद्युत कम्पनीले विद्युत बिक्री तथा अन्य स्रोतबाट २ अर्ब ४७ करोड ८९ लाख ३ हजार रुपैयाँ बराबरको मुनाफा कमाएका हुन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत ३० जलविद्युत कम्पनीले पहिलो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेकोमा २५ वटाले मुनाफा कमाएको रिर्पोट सार्वजनिक गरेका छन् । ५ वटा जलविद्युत कम्पनीको वित्तीय विवरण भने ऋणत्मक देखिएको छ । 

नाफामा रहेका यी जलविद्युत कम्पनीले यो अवधिमा विद्युत बिक्रीबाट ४ अर्ब ८५ करोड ८५ लाख २३ हजार रुपैयाँ आम्दानी गरेका छन् । ३ महिनामा वित्तीय अवस्था सार्वजनिक गरेका जलविद्युत कम्पनीबारेको विस्तृत विवरण यहाँ प्रस्तुत गरिएको छ ।

अप्पर तामाकोसी हाइड्रो पावर कम्पनी

२०७८ असार २१ गतेदेखि परीक्षण उत्पादन सुरु गरी भदौ महिनादेखि व्यापारीक उत्पादन सुरु गरेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्रवद्र्धक अप्पत तामाकोसी हाइडो पावर कम्पनीले मुनाफा आर्जन गरेको छ । यो कम्पनीले अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ८६ करोड १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । माथिल्लो तामाकोसी आयोजना सञ्चालनमा आउनुअघिसम्म वित्तीय विवरण ऋणात्मक रहेको कम्पनी विद्युत बिक्रीबाट आम्दानी गर्न थालेपछि नाफामा गएको हो ।

यो कम्पनी गत वर्ष १ करोड ७८ लाख १ हजार रुपैयाँ घाटामा रहेको र आम्दानी हुन थालेपछि नाफामा गएको वित्तीय विवरणको रिर्पोटमा उल्लेख छ । यो अवधिमा कम्पनीले दोलखामा सञ्चालित माथिल्लो तामाकोसीको विद्युत बिक्री गरी १ अर्ब ७२ करोड ७७ लाख ५१ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले निर्माण सम्पन्न गरेको माथिल्लो तामाकोसीको पहिलो युनिट गत असार २१ गते सञ्चालनमा आएको थियो । त्यस यता क्रमशः दोस्रो तेस्रो हुँदै छैटौं युनिटको उत्पादन प्रणालीमा जोडेर भदौ १ गतेदेखि व्यापारिक उत्पादन सुरु गरिएको थियो ।

माउन्टेन इनर्जी नेपाल लिमिटेड

माउन्टेन इनर्जी नेपालले पनि पहिलो त्रैमासिकमा २९ करोड ३५ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यही समयअवधिको तुलनामा बढेको हो । कमपनीको गत आर्थिक वर्षको यहि अवधिको मुनाफा ३ करोड ३१ लाख ३४ हजार रुपैयाँ मात्रै थियो । ५ मेगावाटको तादी खोला सञ्चालन गर्दै आएको कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत आयोजना प्रसारण प्रणालीमा जोडेपछि आम्दानी र नाफा दुवै बढेको हो ।
कम्पनीले ३ महिनामा तादी र मिस्ट्री खोलाको विद्युत बिक्री गरी ३८ करोड ७१ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको छ । मिस्त्री खोलाले २०७८ असार ३ गतेदेखि व्यापारीक उत्पादन सुरु गरेको हो । 

सानिमा माई हाइड्रो पावर लिमिटेड

इलाममा २२ मेगावाटको माई र ७ मेगावाटको माई क्यासकेड जलविद्युत केन्द्र सञ्चालन गरेको सानिमा माईले २४ करोड ३६ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष २२ करोड ६३ लाख २ हजार रुपैयाँ कमाएको थियो ।  दुई वटै जलविद्युत विद्युत केन्द्रले विद्युत बिक्रीबाट गरेको आम्दानी ३४ करोड ६ लाख ६५ हजार रुपैयाँ छ ।

चिलिमे जलविद्युत कम्पनी

चिलिमे जलविद्युत कम्पनीले २० करोड ९८ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले आर्जन गरेको नाफा भने गत वर्षको तुलनामा घटेको छ । गत वर्ष २२ करोड ३२ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यो अवधिमा २२.१ मेगावाटको चिलिमे जलविद्युत केन्द्रको विद्युत बिक्री गरी ३५ करोड १६ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको छ ।

गत वर्ष ३६ करोड ३९ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।  कम्पनीले अहिले आफ्ना सहायक कम्पनीहरूमार्फत २ सय ७० मेगावाटका ४ आयोजना निर्माण गरिरहेको छ । जसमा, १४.८ मेगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको सान्जेन, १ सय ११ मेगावाटको रसुवागढी र १ सय २ मेगावाटको मध्यभोटेकोसी छन् ।

अरुण काबेली पावर कम्पनी

यो कम्पनीले पनि ३ महिना अवधिमा १३ करोड ५३ लाख ८० हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा बढेको हो । गत वर्ष ११ करोड ३५ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २६ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले निर्माण सम्पन्न गरेको २५ मेगावाटको काबेली बी ‘१’ ले नियमीत विद्युत उत्पादन गरिरहेको छ । 

बुटवल पावर कम्पनी

बुटवल पावरले ७ करोड ५८ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले आर्जन गरेको नाफा गत वर्षको यही समयअवधिको तुलनामा बढेको हो । गत वर्ष ५ करोड १८ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यो अवधिमा १२.५ मेगावाटको झिमरुक र ९ मेगावाटको आधिखोलाको विद्युत बिक्री गरी २० करोड ७६ लाख ७३ हजार रुपैयाँ आम्दानी गरेको छ । 

पाँचथर पावर कम्पनी

पाँचथर जिल्लामा १४.९ मेगावाटको हेवा खोला ‘ए’ सञ्चालन गरी रहेको कम्पनीले १० करोड ३१ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले आर्जन गरेको नाफा गत वर्षको तुलनामा बढेको हो । गत वर्ष भने ७ करोड १२ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले हेवा खोला ‘ए’ को विद्युत बिक्री गरी १६ करोड २७ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको छ ।

माउन्टेन हाइड्रो नेपाल कम्पनी

या कम्पनीले पनि पहिलो त्रैमास सकिदासम्म ११ करोड ८५ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष ८ करोड ११ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यो अवधिमा २२.१ मेगावाटको तल्लो हेवा खोलाको विद्युत बिक्री गरी २३ करोड ४२ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेकोे छ । गत वर्ष २२ करोड ९३ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

अपि पावर कम्पनी

अपि पावरले ७ करोड ६६ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले आर्जन गरेको मुनाफा गत वर्षको तुलनामा घटेको हो । गत वर्ष १० करोड ६४ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १६ करोड ८९ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले दार्जुलामा ४० मेगावाटको माथिल्लो चमेलिया निर्माण गरीरहेको छ । 

रैराङ हाइड्रो पावर डेभलपमेन्ट र कालीका पावर कम्पनी

रैराङले ४ करोड ६३ लाख ४५ हजार र कालीकाले ४ करोड ३ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । रैराङको नाफा गत वर्षको तुलनामा घटेको हो भने कालीकाको नाफा बढेको हो । रैराङले यो अवधिमा ५ किलोवाटको रैराङको विद्युत बिक्री गरी २५ लाख ४९ हजार रुपैयाँ र ९.९ मेगावाटको इवा खोलाको विद्युत बिक्री गरी ८ करोड ९४ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको छ । कालीकाले पनि ६ मेगावाटको दरौदी कालीकाको विद्युत बिक्री गरी ६ करोड ५३ लाख ३ हजार रुपैयाँ आम्दानी गरेको छ ।

अन्य कम्पनी

रुरु जलविद्युत कम्पनीले ३ करोड ३३ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो कम्पनीको नाफा गत वर्षको तुलनामा बढेको हो । कम्पनीले यो अवधिमा ५ मेगावाटको माथिल्लो हुंदीको विद्युत बिक्री गरी ५ करोड १५ लाख ९० हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष घाटामा रहेको दिव्यश्वरी हाइड्रो पावरले २९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको विद्युत उत्पादन आम्दानी बढेसँगै नाफा पनि बढेको हो । विद्युत बिक्रीबाट २ करोड ९७ लाख १ हजार रुपैयाँ आम्दानी गरेको छ ।

युनियन हाइड्रो पावरले १ करोड ३३ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । ३ मेगावाटको मिदीम करापु जलविद्युत केन्द्रको विद्युत बिक्रीबाट २ करोड ७० लाख ९१ हजार रुपैयाँ आम्दानी गरेको छ । खानी खोला हाइड्रो पावरले ७ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो कम्पनी गत वर्ष यही समयअवधिमा घाटामा थियो । कम्पनीले यो अवधिमा ४ करोड ५७ लाख ३२ हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको छ ।

मैलुङ खोला जलविद्युत कम्पनीले ७२ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अवधिमा ५ मेगावाटको मैलुङ खोला जलविद्युत केन्द्रको विद्युत बिक्री गरी ३ करोड ६५ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेको थियो । स्यानर्जी पावर डेभलपमेन्टले पनि ३ महिना अवधिमा २ करोड ९७ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अवधिमा १० मेगावाटको सिप्रिङ खोलाको विद्युत बिक्री गरी ६ करोड ८३ लाख ९८ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा र आम्दानी दुवै घटेको हो ।

ङादी ग्रुप पावरले २ करोड ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अवधिमा विद्युत बिक्रीबाट ४ करोड २६ लाख ४५ हजार रुपैयाँ आम्दानी गरेको छ । नेपाल हाइड्रो डेभलपर्सले ७९ लाख ८ हजार, बरुण हाइड्रो पावरले १ करोड १० लाख ७१ हजार, सिंगटी हाइड्रो नेपालले ४ करोड ५६ लाख ८० हजार रुपैयाँ, पन्चकन्या माई हाइड्रोले ६ करोड ३७ लाख ५९ हजार, युनाइटेड इदी मर्दीले ३ करोड १९ लाख २७ हजार र छ्याङदी हाइड्रो पावरले ७६ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

यस्तै, घाटामा हुनेमा शिवश्री हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रो पावर, घलेम्दी जलविद्युत कमपनी, सान्जेन जलविद्युत कम्पनी र रसवागढी जलविद्युत कम्पनी रहेका छन् । शिवश्री, युनाइटेड मोदी, घलेम्दीको आयोजना सञ्चालनमा भएपनि यी कम्पनी घाटामा रहेको वित्तीय विवरणमा उल्लेख छ ।

शिवश्रीको २२.२ मेगावाटको माथिल्लो चाकु सञ्चालनमा छ । १० करोड ३३ लाख ३० हजार रुपैयाँ घाटामा रहेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । यो अवधिमा विद्युत बिक्रीबाट ४ करोड ३६ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेको छ । युनाइटेड मोदी पनि १ करोड ४५ लाख ५४ हजार रुपैयाँ घाटामा रहेको छ । गत वर्ष ३ करोड ५९ लाख २९ हजार रुपैयाँ नाफा रहेको कम्पनी घाटामा गएको हो ।

कम्पनीले १० मेगावाटको तल्लो मोदी जलविद्युत केन्द्रको विद्युत बिक्री गरी ३ करोड ९७ लाख ४२ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष ८ करोड ८९ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको थियो । घलेम्दी पनि २ करोड १७ लाख ३९ हजार रुपैयाँ घाटामा छ । कम्पनीले पहिलो त्रैमासमा ५ मेगावाटको घलेम्दीको विद्युत बिक्री गरी १ करोड ८० लाख ३० हजार रुपैयाँ आम्दानी गरेको छ ।

१११ मेगावाटको रसुवागढी निर्माण गरीरहेको रसुवागढी हाइड्रो पावर १ करोड १३ लाख ११ हजार रुपैयाँ घाटामा रहेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । यस्तै, सान्जेन पनि ८५ लाख ५६ हजार रुपैयाँ घाटामा रहेको छ । यो कम्पनीको ४२.५ मेगावाट सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन निर्माण गरीरहेको छ । दुवै कम्पनीले चालु आर्थिक वर्षभित्र उत्पादन सुरु गर्नेछन् ।

सान्जेन र रसुवागढीको निर्माण गरिरहेका जलविद्युत आयोजना सम्पन्न भई विद्युत उत्पादनको चरणमा पुगिनसकेकाले वित्तीय विवरण ऋणात्मक देखिएको हो । निर्माण सम्पन्न भई विद्युत उत्पादन सुरु भएपछि यी कम्पनीको वित्तीय विवरण पनि धनात्मक देखिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit