विद्युत अपडेट

  • प्राधिकरण : ९८८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८८१२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २२३९७ मे.वा.घन्टा
  • आयात : ३७८० मे.वा.घन्टा
  • निर्यात : ३०५२ मे.वा.घन्टा
  • ट्रिपिङ : २०४० मे.वा.घन्टा
  • ऊर्जा माग : ४६९१८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२१२ मे.वा.
२०८२ जेठ २५, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका आधिकारिक तथा क्रियाशील ट्रेड युनियनले सरुवाविरुद्धकाे आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । प्राधिकरणले गत असोज ३० गते गरेको कर्मचारीको सरुवामा असन्तुष्टि जनाउँदै आएको युनियनले आन्दोलन स्थगित गरेका हुन् ।

आधिकारीक तथा क्रियाशिल ट्रेड युनियन र कर्मचारी संघले सयुक्त रुपमा कात्तिक १४ गते पेश गरेको ध्यानाकर्षणका सम्बन्धमा आज (आइतबार) प्राधिकरण व्यवस्थापनबीच सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको हो ।

ट्रेड युनियनले १४ गते पेस गरेको ७ बुँदे मागका सम्बन्धमा युनियनका प्रतिनिधिसमेत रहने गरी जनसाधन विभागको निर्देशकको अध्यक्षतामा ५ सदस्यीय कमिटी गठन गर्ने र अध्ययन गरी रायसहित प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसमक्ष प्रतिवेदन पेश गर्ने सहमति भएको छ ।

यसैगरी, प्राधिकरण व्यवस्थापनले सरुवा/काजको पुनरावलोकन गरी सच्चाउने, गत ३० गते सरुवा भएका कर्मचारीले २१ दिनभित्र रमाना लिने सहमति भएको छ ।

यसअघि युनियनले सहमति नभए घिसिङसहित उपकार्यकारी निर्देशक प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण प्रादेशिक कार्यालयका प्रमुखलाई ३ दिनसम्म कार्यकक्षमा प्रवेश गर्न नदिने घोषणा गरेका थिए ।

उनीहरूले आज कात्तिक १९ गते बिहान ११ः१५ बजेदेखि १२ः१५ बजेसम्म, २० गते बिहान ११ः१५ बजेदेखि १२ः४५ बजेसम्म, २१ गते बिहान ११ः१५ बजेदेखि ०१ः१५ बजेसम्म कार्यकक्षमा प्रवेश निषेध गर्ने घोषणा गरेका थिए ।

प्राधिकरणले गत असोज ३० गते विभिन्न पदका ८ तहदेखि २ तहसम्मका २९७ कर्मचारीको सरुवा गरेको थियो । त्यसैबेलादेखि ट्रेड युनियनहरूले असन्तुष्ट जनाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३