विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज ५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अविरल वर्षापछि बुधबार राती आएको भीषण बाढीले भोजपुरको उत्तरी क्षेत्रमा निर्माणाधीन २ आयोजनामा क्षति पुगेको छ । बाढीले आरती पावर कम्पनीद्वारा निर्माणाधीन १४.५ मेगावाटको अप्पर इर्खुवा खोला र ४.३ मेगावाटको फेदी थुलुङ खोला जलविद्युत् आयोजनामा क्षति पुगेको हो । पहिरोले थुलुङ (लाहुरे) खोला थुनिएको र थुनिएको ठाउँमा फुटेर एक्कासि ठूलो बाढी आउँदा दुई आयोजनामा क्षति पुगेको आरती पावर कम्पनीका कार्यकारी निर्देशक प्रकाश दुलालले ऊर्जा खबरलाई बताए । शक्तिशाली बहाबसहितकाे ठूलाे बाढी राती १२:०७ देखि १२:१७ बजेसम्म करिब ५ मिनेट मात्रै आएको तर ठूलो क्षति पुर्‍याएको उनले बताए ।  

उनका अनुसार घटनामा इर्खुवाको निर्माण कार्यमा खटिएका कामदार श्याम चौधरी र रमेश चौधरी बेपत्ता छन् । बेपत्ता मध्ये एक जनाकाे शव फेला परेकाे बताइएकाे छ । अर्का कामदार रामकुमार चौधरीलाई करिब १ किमि तल घाइते अवस्था भेटिएको छ । घटनामा एक स्थानीय महिला समेत बेपत्ता भएको बताइएको छ । हराइरहेकाको खोजीकार्य भइरहेको बताइएको छ ।

बाढीले अप्पर इर्खुवामा ५ सय मिटर पाइप, कामदारको शिविर, क्रसर बगाएको छ । विद्युत् गृहमा लेदो छिरेको छ । बाँध क्षेत्रमा सामान्य क्षति भएको छ । 

त्यस्तै, फेदीखोलाको करिब ७ सय मिटर पाइप एलाइन्मेन्ट बगाएको छ । त्यस्तै, विद्युत्‌गृहको सुरक्षाका लागि बनाएका ‘प्रोटेक्सन’ संरचना, कामदारको शिविर बगाएको छ । अन्य शिविरमा लेदो छिरेको छ । एउटा ट्र्याक्टर, दुई ओटा मोटरसाइकल, स्टोर र स्टोरमा रहेका सामान बगाएर तल पुर्‍याएको छ । स्काभेटरलाई लेदोले पुरेको कार्यकारी निर्देशक प्रकाश दुलालले बताए । 

बाढीले जिल्लाको स्थानीय झोलुङ्गे पुलहरू, मोटरेबल पुल, सडक, लघु जलविद्युत् आयोजना तथा लङ्खुवा, नागदह आसपासको बस्तीमा समेत पानी पसेर ठूलो क्षति पुगेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३