विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १५, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । भिजन टेस्ला पावर प्रालिले २४.९२१ मेगावाटको इन्दुवा खोला आंशिक जलाशय आयोजना निर्माण गर्न उत्पादन अनुमति पत्रको माग गर्दै विद्युत् विकास विभागमा आवेदन दिएको छ । संखुवासभाको मकालु गाउँपालिका–५ भएर बग्ने इन्दुवा खोलाको पानी सदुपयोग गर्ने गरी कम्पनीले उक्त आयोजना विकास गर्न लागेको जनाएको छ ।

आयोजनालाई आवश्यक पर्ने पानी लिनका लागि इन्दुवा खोलामा १८ मिटर लम्बाईको 'फ्रि ओभरफ्लो ग्राभिटी वेर' प्रविधिको बाँध निर्माण गरिने छ । आयोजनाले स्थानीय सिमली खोला र चिमचिमे खोलाको पानीसमेत डाइभर्सन गरी प्रयोग गर्ने छ । आयोजनाको ३ हजार ३०० मिटर लामो हेडरेस पाइप, ३ हजार ५ सय मिटर हेडरेस टनेल निर्माण गरिने छ ।

त्यहाँबाट आउने पानीलाई १ हजार २०० मिटर लामो पेनस्टक पाइपमार्फत सतहमा निर्माण गरिने विद्युत्‌गृहमा लगी बिजुली उत्पादन गर्ने योजना बनाएको छ । त्यस्तै, १ लाख २९१ घनमिटर क्षमताको ७ मिटर गहिरो पिकिङ पोखरीसमेत आयोजनाले निर्माण गर्ने छ । 

आयोजनाबाट वार्षिक सरदर १४६.६०२ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । आयाेजनाले उत्पादन गर्ने बिजुली ९ किलोमिटर लामो १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनबाट इसुवा खोला क्यास्केड जलविद्युत् आयोजनाको स्विचयार्डमा लगेर त्यहाँबाट नेपाल विद्युत् प्राधिकरणको शीतलपाटी सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ । 

प्रारम्भिक वातावरणीय प्रभाव परीक्षण (आइइई) प्रतिवेदन तयार भइसकेको आयोजनाको निर्माण गर्दा उल्लेखनीय वातावरण प्रभाव पर्ने भए ३५ दिनभित्र लिखित राय, सुझाव तथा प्रतिक्रिया पेश गर्न आग्रह गर्दै विभागले बिहीबार सूचना जारी गरेको छ ।

कम्पनीले आयोजनाको निर्माण सुरु गरेको ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३