विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका उद्योगमा आजैबाट लाइन जोड्न सुरु गर्ने भएको छ । शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समिति (बोर्ड) को ९६० औँ बैठकले लाइन जोड्ने निर्णय गरेको हो । 

यसअघि प्राधिकरणले डेडिकेटड र ट्रंक लाइनको बक्यौता महसुल नतिरेको भन्दै ६१ उद्योग मध्ये २४ वटा उद्योगको लाइन काटेको थियो । तर, मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बक्यौता महसुल विवाद टुंग्याउन पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा आयोग गठन गर्दै उद्योगमा काटिएको लाइन जोड्न प्राधिकरणलाई निर्देशन दिएको थियो । 

मन्त्रिपरिषद्को लिखित निर्देशन पाउनसाथ प्राधिकरणले लाइन नजोडेको भन्दै व्यवसायीहरुले असन्तुष्टि जनाइरहेका थिए ।

शुक्रबार भने प्राधिकरणको बोर्ड बैठकले काटिएको लाइन शुक्रबारबाटै जोड्न सुरु गर्ने निर्णय गरेको हो ।  
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit