विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मुस्ताङस्थित १३.६ मेगावाटको थापाखोला जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बिच्छेद भएको छ । पहिरोले विद्युत प्रवाह हुने टुकुचेदेखि दानासम्मको ३३ केभी प्रसारण लाइनमा क्षति पुर्याएपछि मध्यान्ह १२ बजेबाट थापाखोलाको उत्पादन बन्द हुन पुगेको हो ।

विद्युतगृहदेखि १४ किलोमिटर दक्षिणमा गएको पहिरोले प्रसारण लाइनको पोल ढालेको आयोजनाका इन्जिनियर सुदिप भण्डारीले बताए । ‘पहिरो खसेर प्रसारण लाइनको पोल ढलेपछि उत्पादन बन्द गरेका छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘प्रसारण लाइनको मर्मत गरेर सुचारु गराउन हाम्रो टोली परिचालन भइसकेको छ ।’

उनले पहिरोले क्षति पुर्याउँदा प्रसारण लाइनको ८ वटा पोलमा समस्या आएको बताए । २ वटा पोल ढलेका छन् भने बाँकी पोलको तार लत्रिएको छ । ६ वटा पोल ढल्ने अवस्थामा पुगेका छन् । 

नेपाल विद्युत प्राधिकरणको तातोपानी जलविद्युत केन्द्रका प्राविधिकको सहयोगमा लाइन मर्मत गरेर सुचारु गरिने पनि उनले बताए । लाइन मर्मत गरेर सुचारु गर्न मंगलबार साँझसम्मको समय लाग्न सक्ने उनले बताए ।

पूर्ण क्षमतामा चलेको थापाखोलाले अहिले १३.६ मेगावाट विद्युत उत्पादन गरिरहेको थियो । लामो समय आंशिकरूपमा चलेको यो आयोजना २०७७ चैत २ गतेदेखि दाना सबस्टेसनमा जोडिएको हो । २०७६ साउन २६ मा आएको बाढीले आयोजनाको बाँध क्षेत्रका संरचनामा क्षति पुर्याउँदा पनि आयोजनाको उत्पादन ६ महिनाभन्दा बढी समय बन्द हुन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit