विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २८, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं ।  हनुमान हाइड्रो पावर कम्पनीले ४३.२ मेगावाटको छिलुङ्ग खोला जलविद्युत् आयोजना ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेको छ । कम्पनीले गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–३ पहिचान भएको आयोजना २०८४  भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको हो ।

जिल्लाको चुनमब्री गाउँपालिका–३ अवस्थित छिलुङ्ग खोलामा पहिचान भएको उक्त आयोजना निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजनाको काम अघि बढाउन विद्युत् विकास विभागमा आवेदन दिएको छ । विभागबाट स्वीकृत प्राप्त हुने लगतै आयोजनाको काम अघि बढाइनेछ ।

प्रस्तावित आयोजना निर्माण तथा सञ्चालन गर्दा आयोजना स्थलमा उल्लेखनीय प्रतिकुल असर पर्ने भएमा सूचना प्रकाशित भएको ३५ दिनभित्रमा सरोकारवालालाई लिखित राय/सुझाव पेश गर्न आग्रह गरेको छ ।

यो आयोजना नदी प्रवाहमा आधारित (रन अफ रिभर) प्रकारको आयोजना हो । यस आयोजनाको डिजाइन बहाब ५.५२ घनमिटर प्रति सेकेन्ड र कूल हेड ११००.८ मिटर रहेको छ । आयोजनाको मूख्य भौतिक संरचनाहरू छिलुङ्ग खोलाको दायाँ किनारमा पर्दछन् ।

आयोजनाको बाँध सिर्दिबास गाउँ र विद्युत्‌गृह चिलुन गाउँ र चुमचेट गाउँ नजिकै रहनेगरी डिजाइन तयार पारिएको छ । आयोजनामा ८८४५ मिटर हेडरेस पाइप र १९३८ मिटर पेनस्टक पाइप रहनेछ भने विद्युत्‌गृह भुमिगत हुनेछ ।

आयोजना निर्माण सम्पन्न गर्न ७ अर्ब १२ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको वार्षिक ऊर्जा उत्पादन २५८.५१ गिगावाट उत्पादन हुनेछ । वर्षायाममा १७८.६९ गिगावाट घण्टा र सुक्खायाममा ७९.८३ गिगावाट घण्टा उत्पादन हुनेछ ।

आयोजनाबाट उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइन मार्फत ५० किलोमिटरको दुरीमा रहेको लापान सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा समाहित गरिनेछ । आयोजना निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, बाढी, पहिरो वायू प्रदूषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit