विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको सेयर आइतबार (२० गते) बाँडफाँड गरिने भएको छ । गत चैत ८ गतेदेखि ११ गतेसम्म खुल्ला गरिएको सेयर आइतबार बिहान ८:३० बजे बाँडफाँड गर्न लागिएको हो । 

कम्पनीको सेयर किन्न माग भन्दा ९ गुणा बढी आवेदन परेको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । बिक्री प्रबन्धकका अनुसार अन्तिम दिन (शुक्रबार) सम्म २१ लाख ५७ हजार ६३१ जना आवेदकले २ करोड ५९ लाख ४० हजार ५ सय ६० कित्ता सेयरका लागि आवेदन दिएका थिए ।

कम्पनीले रामेछापमा निर्माण सम्पन्न जलविद्युत आयोजनाको सर्वसाधारणका लागि गत चैत ८ गतेदेखि सेयर निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि सय रुपैयाँमा अंकित ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियाे।

कम्पनीका अनुसार निष्कासित सेयरमध्ये ९३ हजार ७ सय ५० कित्ता अर्थात ५ प्रतिशत सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको थियाे ।यस्तै, १ लाख ५६ हजार २ सय ५० कित्ता अर्थात ५ प्रतिशत सेयर सामुहिक लगानी कोषका  लागि सुरक्षित गरिएको  थियो । बाँकी, २८ लाख ७५ हजार कित्ता सेयरका लागि सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

कम्पनीले यसअघि पनि स्थानीयका लागि सेयर निष्कासन गरी बाँडफाँड गरीसकेको छ ।  कम्पनीले रामेछापको लिखु नदीमा निर्माण गरेको लिखु–४ आयोजना सम्पन्न भई सञ्चालनमा आइसकेको छ । आयोजनाले अहिले व्यापारिक विद्युत उत्पादन गरिरहेको छ । यो आयोजना ९ अर्ब ५४ करोड रुपैयाँ लागतमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit