विद्युत अपडेट

  • प्राधिकरण : ५३२५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५८१४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १६७०८ मे.वा.घन्टा
  • आयात : १००५२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८१७९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : मे.वा.
२०८२ माघ २८, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडले आगामी फागुन ११ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पुँजी ५७ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १४ लाख १० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएकोमा पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि सेयर खुला गर्न लागेको हो ।

स्थानीय बासिन्दाका लागि छुट्याइएको ४ लाख ७० हजार कित्ता सेयरलाई प्रभावित क्षेत्रको आधारमा ३ भागमा बाँडिएको छ । यस अनुसार उच्च प्रभावित क्षेत्र ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ र ८ का बासिन्दाले ५० प्रतिशतसेयर पाउनेछन् । मध्यम प्रभावित क्षेत्रका रूपमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–२ र रामेछापको उमाकुण्ड गाउँपालिका–३ का बासिन्दालाई ३० प्रतिशत सेयर छुट्याइएको छ । बाँकी २० प्रतिशत सेयर न्यून प्रभावित क्षेत्रका रूपमा रहेका रामेछापको उमाकुण्ड– २ र गोकुलगंगा–१ का बासिन्दाका लागि सुरक्षित गरिएको छ ।

यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ९४ हजार कित्ता सेयर निष्कासन गरिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने स्थानीयले अधिकतम ४७ हजार र वैदेशिक रोजगारीमा रहेकाले अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेकाहरूका लागि आवेदन दिने म्याद छिटोमा फागुन १४ गते र स्थानीयका लागि फागुन २५ गतेसम्म तोकिएको छ ।

कम्पनीले ओखलढुङ्गामा ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ, जसको प्रतिमेगावाट लागत २२ करोड ८६ लाख ७३ हजार रुपैयाँ रहेको छ । 

केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ रेटिङ दिएको छ, जसले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ । 

हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको यस निष्कासनमा स्थानीयले तोकिएका संकलन केन्द्रबाट र वैदेशिक रोजगारीमा रहेकाहरूले सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३