विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रले ७ सरकारी कार्यालयसहित २५३ ग्राहकको लाइन काटेको छ । केन्द्रले एक महिनाको अवधिमा साढे १ करोड रुपैयाँ भन्दा बढी महसुल नबुझाउने ग्राहकको लाइन काटेको हो ।

केन्द्रले ६० दिनभन्दा बढी बक्यौता भएका ग्राहकको लाइन काट्ने कामलाई द्रुत गतिमा अघि बढाएको छ । बारम्बार ताकेता गर्दा पनि विद्युत् महसुल नबुझाएपछि ७ सरकारी कार्यालयसहित २५३ ग्राहकको लाइन काटेको केन्द्र प्रमुख मिथिलेशकुमार गोयलले बताए । उनका अनुसार उक्त ग्राहकबाट १ करोड ५३ लाख ४९ हजार ३६५ रुपैयाँ बक्यौता असुल गर्न बाँकी थियो ।

लाइन काटेका उक्त ग्राहकमध्ये १८० ग्राहकले जरिवाना सहित ७८ लाख ३६ हजार ४९१ रुपैयाँ महसुल बुझाएको छ । महसुल बुझाएका उक्त ग्राहकको भने लाइन पुन जोडिएको छ ।

यस्तै, केन्द्रले ६ लाख २ हजार ६ सय रुपैयाँ विद्युत महसुल नबुझाउने सात सरकारी कार्यालयको पनि लाइन काटेको जानकारी दिएको छ । नापी कार्यालय, अत्तरिया सडक विभाग, मालपोत कार्यालय लगायतले विद्युत महसुल नबुझाएपछि लाइन काटेको गोयलले जानकारी दिए । उनका अनुसार नियम विपरीत काम गरेको अथवा नियमअनुसार विद्युत् महसुल बुझाउन अटेर गरेपछि लाइन काटेको हो ।

हाल केन्द्र अन्तर्गत ७९ हजार ग्राहक रहेका छन् । केन्द्रले सयमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्दै जाने चेतावनी दिएको छ । विद्युत विनियमावलीमा मिटर रिडङ गरेको ६०औं दिनसम्म महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit