विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले ११ वर्षमा जलविद्युत आयोजनामा करिब १६ अर्ब रुपैयाँ ऋण लगानी गर्ने प्रतिवद्धता गरेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँगको सहकार्यमा निजी क्षेत्रले अघि बढाएका दर्जन बढी जलविद्युत आयोजनामा यति लगानी गर्ने प्रतिवद्धता गरेको हो ।

कम्पनीले ४८४ मेगावाटका १३ जलविद्युत आयोजनामा १५ अर्ब ७३ करोड रुपैयाँ ऋण लगानी गर्ने प्रतिवद्धता गरेको हो । कम्पनीले २३ मेगावाटको बागमती साना, २३.५ मेगावाटको सोलु खोला, ४२ मेगावाटको मिस्त्री खोला, २७ मेगावाटको दोर्दी खोला, ३० मेगावाटको न्यादी, ८२ मेगावाटको तल्लो सोलु, १८ मेगावाटको माथिल्लो सोलु, २८.१ मेगावाटको तल्लो लिखु, ८६ मेगावाटको सोलुखोला दुधकोसी, ३७ मेगावाटको माथिल्लो त्रिशुली ३–बी, २५ मेगावाटको काबेली बी–१, २२.१ मेगावाटको तल्लो हेवा खोला र ४२ मेगावाटको माथिल्लो मोदी–ए जलविद्युत आयोजनामा लगानी गरेको छ ।

लगानी भएका आयोजनामध्ये, बागमती साना, सोलु खोला, मिस्त्री खोला, न्यादी खाेला, तल्लो सोलु, काबेली बी–१ र तल्लो हेवा सञ्चालनमा आइसकेका छन् । दोर्दीको पनि निर्माण पूरा भई परिक्षणको चरणमा छ । नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइन निर्माण पूरा नगर्दा आयोजनाको विद्युत प्रणालीमा जोडिन पाएको छैन् ।

यस्तै, कम्पनीले १२ वटा जलविद्युतसँग सम्बन्धित कम्पनी तथा आयोजनाहरूमा करिब ९ अर्ब रुपैयाँ सेयर लगानी गर्ने प्रतिवद्धता भई हालसम्म २ अर्ब ६८ करोड रुपैयाँ लगानी प्रवाह गरिसकेको छ ।

कम्पनीले प्राधिकरणबाट अघि बढाइएका १०६१ मेगावाट अपर अरुण, २१० मेगावाटका चैनपुर सेतीलगायतका ठुला आयोजनाहरूको वित्तीय व्यवस्थापनमा यस कम्पनीको नेतृत्वमा गर्ने गरी प्रक्रिया अघि बढाएको छ । कम्पनीले विभिन्न अन्तराष्ट्रिय वित्तीय संस्थाहरूसँग वित्तीय स्रोत परिचालन र जलविद्युत आयोजनाको लगानीमा सहकार्य गर्ने सम्बन्धमा छलफल अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३