विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले देशको भू–राजनीतिक सन्तुलन मिलाउन ६ सय ७९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना भारतीय कम्पनीलाई दिएको बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को शनिबार सम्पन्न एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले यस्तो बताएका हुन् । ‘यो आयोजना चीनलाई दिएको भए भारत र चीनको झगडा हुन्थ्यो,’ उनले भने, ‘दुई देशबीचको मित्रवत सम्बन्धलाई सन्तुलनमा राख्न यसो गरिएको हो ।’

मन्त्री रायमाझीले तिब्बतको सिमानामा रहेको ४ सय ५० मेगावाटको अर्धजलाशय किमाथांका अरुण चिनियाँ कम्पनीलाई दिने आशय पनि व्यक्त गरेका छन् । उनका अनुसार तल्लो अरुण भारत र किमाथांका चीनलाई दिएपछि भू–राजनीतिक शक्ति सन्तुलन कायम हुने र सरकारलाई टिकाउन बल पुग्नेछ ।

याे पनि पढ्नुहाेस् : ६७९ मेगावाटको तल्लो अरुण भारतलाई दिने निर्णय, देशले कति सुविधा पायो ?

माघ १६ गते शुक्रबार बसेको लगानी बोर्डको ४६औं बैठकले तल्लो अरुण भारतीय कम्पनी सतलज जलविद्युत् निगम लिमिटेड (एसजेभिएन लिमिटेड) लाई निर्माण गर्न दिने निर्णय गरेको छ । सार्वजनिक–निजी साझेदारी अवधारणामा निर्माण गर्न दिने निर्णय भए पनि नेपालले त्यसबाट के कति सुविधा पाउने भन्ने उल्लेख गरिएको छैन ।

जबकि, एसजेभिएनले नै निर्माण गर्ने ९ सय मेगावाटको अरुण–३ मा २१.९० प्रतिशत निशुल्क बिजुली दिने प्रावधान छ । सरकार टिकाउनकै लागि दुई छिमेकीलाई ठूला र महत्त्वपूर्ण आयोजना सुम्पिनु देशको ठूलो दुर्भाग्य हो । विगतदेखि सत्ता केन्द्रित राजनीति टिकाउन ठूला आयोजना भारत वा चीनलाई बुझाउने खेल हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit