विद्युत अपडेट

  • प्राधिकरण : ९६३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१८२८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ९६४९ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४१२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१४ मे.वा.
२०८१ कार्तिक २०, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काडमाडौं । दार्चुला जिल्लामा निर्माण भएको १० मेगावाटको मकरीगाड जलविद्युत आयोजना गत मार्च, सन् २०२३ देखि सफलतापूर्वक सञ्चालनमा आएको छ । प्रभावशाली विशेषताहरूयुक्त यो आयोजनामा अत्याधुनिक युरोपियन गुणस्तरका उपकरण जडान भएको हुँदा प्रवर्द्धकहरूलाई गर्व महसुस गराउन सक्छ । ९०० मिटर ग्रस हेड रहेको मकरीगाड नेपालमा सञ्चालितमध्ये हालसम्मकै सबैभन्दा उच्च हेड रहेको आयोजना हो । जसमा, ५ मेगावाटका दुई टर्बाइन जडित छन् । इलेक्ट्रो मेकानिकल उपकरणहरू जर्मनीको एक अग्रणी जलविद्युत उपकरण निर्माता कम्पनी डब्लु.के.भी. बाट आपूर्ति गरिएको हो ।

सुरुमा नेपाली कम्पनी हाइड्रो भिजनले निर्माण सुरु गरे पनि पछि श्रीलंकन कम्पनी एलटिएल होल्डिङ्सलाई साझेदारको रूपमा भित्र्याइएको थियो । आयोजनामा श्रीलंकाकै लंकाधनभी लिमिटेडले इपिसी ठेक्का लिएर निर्माण पूरा गरेको हो । आयोजनाका सिभिल कार्यहरू, खास गरी हेडवक्र्स, पेनस्टक पाइप र प्रसारण लाइन निर्माण गर्न त्यति सजिलो थिएन । विशेषगरी, कठ्याङग्रिने जाडोयाम र पेनस्टक कार्यहरूसहित सम्पूर्ण हेडवर्क्सका लागि पहुँचमार्गको अभावले निर्माण सामाग्रीहरूको ढुवानी निकै चुनौतीपूर्ण थियो ।

ठेकेदारले प्रत्येक सिमेन्टको बोरा विद्युतगृहदेखि हेडवर्क्स क्षेत्रमा रोपवे र खच्चडमार्फत ढुवानी गरेको थियो । निर्माण टोलीले डोजरलाई पूर्ण रूपले पार्टपार्ट खोली हेडवर्क्समा ढुवानी गरी पुनः जोडेका पनि थिए । यतिका कठिनाइहरूका बावजुद पनि निर्माण टोलीले साढे दुई वर्षमै विश्वका कुनै पनि जलविद्युत आयोजनाहरूसँग प्रतिस्पर्धा गर्न सकिने असाधारणरूपले उच्च गुणस्तरीय आयोजना सम्पन्न गर्न सफल भए ।

आयोजनाको अर्को चुनौती भनेको २७ किलोमिटर लामो प्रसारण लाइन थियो । पोलसहित ३३ केभिएको प्रसारण लाइन निर्माण गर्नु परेको थियो । जहाँ, १३२ केभी प्रसारण लाइन (जसको लागि महँगो टावरहरूको जरुरत पर्दथ्यो) भन्दा सजिलो र सस्तो पर्ने विश्लेषणले निस्कर्ष निकाल्यो । ३३ केभिको यति लामो प्रसारण लाइनमा विजुली नोक्सानी बढी भए पनि औसतभन्दा बढी व्यास भएको विशेष खाले तार (कन्डक्टर) को प्रयोगले ३३ केभी प्रसारण लाइनको कारण हुने नोक्सानीलाई न्यूनीकरण गर्न मद्दत पुगेको छ ।

उच्च गुणस्तरीय र भरपर्दो उपकरण उपलब्ध गराउने प्रतिष्ठित कम्पनी भएकै कारण यस आयोजनाको विद्युतगृहका लागि इलेक्ट्रो मेकानिकल उपकरणहरू उपलब्ध गराउन डब्लु.के.भि.सँग सम्झौता गरिएको थियो । एकै छानामुनि टर्बाइन र जेनेटरहरू उत्पादन गरी आपूर्ति गर्ने डब्लु.के.भि. जर्मनीको एकमात्र कम्पनी हो र यसले ५ वर्ष लामो वारेण्टी दिँदै आएको छ ।

टर्बाइनहरू, जेनेटरहरू, कन्ट्रोल प्रणाली र स्क्याडा प्रणाली सहित सबै उपकरणहरू डब्लु.के.भि.द्वारा जर्मनीमा निर्माण गरिएका हुन् । जसले ग्राहकहरूलाई विद्युतगृहको सञ्चालन र मर्मत सम्भारको सन्दर्भमा ठूलो फाइदा र लाभ प्रदान गर्दछ ।  लंकधनभीले डब्लु.के.भि.को उपकरणहरू प्रयोग गरेर विगत २० वर्षभन्दा बढी समयदेखि उसका अरू जलविद्युत आयोजनाहरू सञ्चालन गर्दै आइरहेको छ । ती आयोजनाहरूले २० वर्ष लामो  सञ्चालन अवधिपछि पनि त्यतिकै स्थिर विद्युत उत्पादन गर्न सक्षम रहेको प्रमाणीत गरेको छ । यी कुराहरू लाभपूर्ण लगानीको लागि अनुकरणीय उदाहारण हुन् । नेपालमा सीमित समयावधिको विद्युत खरिद सम्झौता (पिपिए) मा डब्लु.के.भि.का उच्च गुणस्तरीय टर्बाइन उपकरणहरू प्रयोग गरेर अधिकतम बिजुली उत्पादन सुनिश्चितता गर्न सकिन्छ ।

मकरीगाडले नेपालमा यसको उत्पादन अवधिभर नै डब्लु.के.भि.को उच्चतम विशिष्टता प्रदर्शन गर्ने नै छ । डब्लु.के.भि.ले सन २०२२ देखि सञ्चालनमा रहेको अत्यन्तै न्यून हेड (मात्र ३५ मि.) रहेको काबेली बी–वान क्यास्केड १० मेगावाट आयोजनामा २ वटा होरिजेन्टल फ्रान्सिस् टर्बाइनहरू जडान गरेको छ । मकरीगाड काबेली बी–वान क्यासकेडको विपरित हेड रहेको डब्लु.के.भि. को आयोजना हो । यसको हेड ९०० मिटर र दुवै टबाईनको लागि डिजाइन फ्लो मात्र १.३५ घनमिटर प्रतिसेकेन्ड छ ।

नेपाली जलविद्युत बजार ठूलो भए पनि चुनौतीपूर्ण छ । यद्यपि, डब्लु.के.भि. नेपाली निजी जलविद्युत बजारमा विगत २० वर्षभन्दा लामो समयदेखि अग्रणी भूमिकामा रहदै आएको छ । डब्लु.के.भि. २० वर्षअघि अरुण भ्याली हाइड्रोपावर डेभेलपमेन्ट कम्पनी र अपि पावर कम्पनीका प्रवर्द्धकहरूले निर्माण गरेको पिलुवा खोला ३ मेगावाटबाट नेपाली बजारमा प्रवेश गरेको थियो । यो आयोजना नै नेपाली लगानीकर्ताहरूले लगानी गरेर निर्माण गरेको पहिलो निजी आयोजना थियो ।

मकरीगाड वास्तविक विशेषज्ञहरू मिलेर काम गरे उत्कृष्ट नतिजाहरू हासिल गर्न सकिने रहेछ भन्ने प्रमाण हो । यद्यपि, जलविद्युत एउटा लगानी व्यवसाय हो र यसको मुनाफा मुख्यरूपमा आयोजनामा प्रयोग गरिने टर्बाइन उपकरणहरूको विश्वसनीयतामा निर्भर रहने हुन्छ । जसले, दशकौंसम्म बिनाझन्झट बिजुली उत्पादन गर्न सकोस् । यसकारण, लगानीको उच्चतम नाफा आर्जन गर्न सकेसम्म सर्वोत्तम उपकरणहरूमात्र महत्वका साथ प्रयोग गरिनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३