विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विद्युत् विकास विभागले निर्माण–स्वामित्व ग्रहण–सञ्चालन–हस्तान्तरण (बुट) प्रारूपमा जलविद्युत् आयोजना विकास गर्न आह्वान गरेको आशयपत्र (एलओआई) पेश गर्ने योग्य कम्पनीहरू मध्येबाट संक्षिप्त सूची (सर्ट लिस्ट) प्रकाशित गरेको छ । विभागले असार १८ गते सूचना जारी आशयपत्र आह्वान गरेको थियो । 

उक्त सूचना अनुसार ६५ मेगावाटको कालीगण्डकी माथिल्लो जलविद्युत् आयोजनाका लागि आशयपत्र पेश गर्ने मध्ये २ वटा कम्पनी सूचीमा परेका छन् । ती कम्पनीहरूमा अक्वापिक इनर्जी प्रालि र साहस ऊर्जा लिमिटेडको संयुक्त उपक्रम (जेभी) तथा नीलगिरिखोला हाइड्रोपावर लिमिटेड रहेका छन् ।

त्यस्तै, ४९.५ मेगावाटको लोटी कर्णाली आंशिक जलाशय जलविद्युत् आयोजनाका लागि अपि पावर कम्पनी लिमिटेड र तारा इनर्जी तथा भोटेकोशी पावर कम्पनी प्रालिको जेभी कम्पनी संक्षिप्त सूचीमा परेका छन्  ।

त्यसैगरी, २१.४ मेगावाटको इन्खु खोला जलविद्युत् आयोजनाका लागि बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड र स्नो रिभर्स लिमिटेड सूचीमा परेका छन् । 

विभागले संक्षिप्त सूचीमा परेका कम्पनीहरूलाई भदौ २४ गते दिनको १२ बजेभित्र छुट्टाछुट्टै खाममा सिलबन्दी गरी आयोजना विकासका लागि आवश्यक प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्न आह्वान गरेको छ । 

विभागले प्राविधिक प्रस्तावका लागि ४५ अङ्क, आर्थिक प्रस्तावका लागि ३५ अङ्क र अनुभवलाई २० अङ्क निर्धारण गरेर मूल्याङ्कन गर्ने जनाएको छ । सूचीमा परेका कम्पनीहरूले प्रस्ताव पेश गर्नका लागि आवश्यक कागजान विभागबाट खारिद गर्नुपर्ने, प्राविधिक प्रस्तावमा ६० प्रतिशत अङ्क प्राप्त गर्ने मध्ये सबैभन्दा बढी अग्रीम शुल्क प्रस्ताव गर्ने कम्पनी आयोजना विकासका लागि छनोट हुने जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३