विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताहरूको मुख्य लगानी रहने गरी निर्माण हुने ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा कृष्णप्रसाद आचार्य नियुक्त भएका छन् ।

पुस ४ गते सम्पन्न कम्पनीको साधारणसभाले उनलाई प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेपछि उनले शुक्रबार (पुस १३ गते) देखि पदभार सम्हालेका हुन् । संयोग कस्तो पर्‍यो भने ६ वर्ष अगाडि आचार्य कोषको प्रशासकको जिम्मेवारीमा रहँदा नै बेतन कर्णाली निर्माण गर्न कम्पनी स्थापना गरिएको थियो । आज, उनी आफैँ उक्त कम्पनीको प्रमुख जिम्मेवारीमा आएको हुँदा आयोजना निर्माणको प्रक्रियाले गति लिने विश्वास गर्न सकिन्छ ।

६ लाख भन्दा बढी सञ्चयकर्ता रहेको संस्थाकाे प्रशासक भइसकेको हुँदा आचार्यलाई आयोजनाको वित्तीय व्यवस्थापन गरेर निर्माण अगाडि बढाउन सक्ने योग्य व्यक्तिका रूपमा समेत हेरिएको छ ।

२०७९ पुस ४ गते तत्कालीन प्रबन्ध निर्देशक दीपक रौनियारको कार्यकाल सकिएपछि सो पद रिक्त थियो । रौनियारलाई कर्मचारी सञ्चय कोषले पुनः प्रबन्ध निर्देशकको जिम्मेवारी दिने निर्णय गरे पनि उनी बेतन कर्णाली फर्किन चाहेनन् । रिक्त रहेको जिम्मेवारी एक वर्षदेखि निमित्तको रूपमा आयोजना प्रमुख उपेन्द्र न्यौपानेले सम्हाल्दै आएका थिए ।

कम्पनीमा कोषको ४० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, विद्युत् उत्पादन कम्पनीको १० प्रतिशत स्वामित्व रहेको छ । हाल, कम्पनीको अधिकृत पुँजी २० अर्ब र चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको छ । कम्पनीका अनुसार अहिलेसम्म बेतन कर्णालीको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) पूरा भइसकेको र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३