विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले करिब ५२ लाख ३५ हजार रुपैयाँ विद्युत महशुल बक्यौता असुली गरेको छ । केन्द्रले लामो समयसम्म विद्युत महशुल नबुझाउने ग्राहकको लाइन काटी बक्यौता असुली गरेको हो ।

बारम्बार ताकेता गर्दा पनि महशुल नबुझाउने ग्राहकको लाइन काटी विद्युत महशुल बक्यौता असुल गरेको केन्द्र प्रमुख देगराज पौडेलले बताए । उनका अनुसार साउनदेखि मंसिरसम्मको अवधिमा १ हजार २ सय ५० ग्राहकको लाइन काटिएको छ । यी ग्राहकबाट ८० लाख ४८ हजार ७ सय १० रुपैयाँ महशुल उठाउन बाँकी थियो ।

लाइन काटिएका ग्राहकमध्ये ८ सय ४३ जनाले जरिवाना सहितको ५२  लाख ३५ हजार ३ सय ४३ रुपैयाँ बुझाएपछि लाइन पुनःजोडिएको पौडेलले बताए । बाँकी ४ सय ७ जनाले पनि जरिवाना सहितको विद्युत महशुल बक्यौता बुझाएपछि लाइन जोडिनेछ ।

केन्द्रले सबैभन्दा बढी मंसिरमा ८८६ ग्राहकको लाइन काटेको थियो । यी ग्राहकबाट ४८ लाख ६० हजार ९  सय ८८ रुपैयाँ उठाउन बाँकी थियो । लाइन काटिएका मध्ये ६ सय ५८ जनाले ३१ लाख ३७ हजार ७ सय ७१ रुपैयाँ बुझाएपछि लाइन जोडिएको छ ।

यस्तै, साउनमा २ ग्राहकबाट ३३ हजार ६ सय ६० रुपैयाँ असुल गरेको छ । भदौमा १ लाख ९४ हजार ३९ रुपैयाँ, असोजमा १० लाख ९५ हजार ७ सय ३३ रुपैयाँ, कात्तिकमा ७ लाख ७४ हनजार १ सय ३८ रुपैयाँ विद्युत महशुल बक्यौता उठाएको छ ।

यो अवधिमा केन्द्रले कालोसूचीमा रहेका ग्राहकबाट १ लाख २२ हजार १ सय २४ रुपैयाँ असुल गरेको छ । केन्द्रले विद्युत महशुल संकलनलाई तिव्र गतिमा अघि बढाएको छ । केन्द्रबाट अहिले ४८ हजार ग्राहकले सेवा लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit