विद्युत अपडेट

  • प्राधिकरण : ६४७५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४३५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : १३०९० मे.वा.घन्टा
  • आयात : ११५६८ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १४३० मे.वा.घन्टा
  • ऊर्जा माग : ३६९१८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९६७ मे.वा.
२०८१ चैत १९, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिराहामा विद्युत चुहावट नियन्त्रण अभियानमा खटिइ चोरी हुकिङ हटाउन गएका नेपाल विद्युत प्राधिकरणका कर्मचारीमाथि स्थानीयले भाैतिक आक्रमण गरेका छन् । मंगलबार बिहान विद्युत चाेरै भइरहेको स्थानमा प्रहरीसहित पुगेका प्राधिकरण लहान वितरण केन्द्रका कर्मचारीमाथि विद्युत चाेरीमा संलग्न स्थानीयले भौतिक आक्रमण गरेका हुन्।

जिल्लाको संखुवानानकरकटी गाउँपालिकाका स्थानीयले प्राधिकरणकाे गाडी नियन्त्रणमा लिई कर्मचारीलाई मरणासन्न हुने गरी कुटपिट गरेको वितरण केन्द्र प्रमुख जितेन्द्र यादवले बताए । उनका अनुसार सरहन्चिया गाउँका स्थानीयवासीले चाेरी चुहावट नियन्त्रण गर्न सामूहिकरूपमा प्रहरीसहित खटिएका प्राधिकरण कर्मचारीमाथि बिहान ५ः४५ बजे भौतिक आक्रमण गरेका हुन् ।

‘स्थानीयको आकक्रमणबाट ३ जना कर्मचारी सख्त घाइते भएका छन्,’ उनले ऊर्जा खबरसँग भने, ‘बाँकी ११ जनालाई सामान्य घाउचोट लागेको छ ।’ घाइते हुनेमा वितरण केन्द्रका प्रकाश नारायण चौधरी, टिपेन यादव र विनोद यादव रहेकाे उनले बताए । घाइतेहरू स्थानीय अस्पतालमा उपचारपछि  आरामका लागि घर गएका छन् । 

विद्युत चाेरी नियन्त्रण अभियानमा ३ जना जनपथ, ७ जना शसस्त्र प्रहरी र प्राधिकरणका सवारी चालकसहित १४ जना कर्मचारी गएका थिए । ‘वितरण  केन्द्रबाट प्रहरीसहित चुहावट नियन्त्रणका लागि गएको टोलीले हुकिङ गरी विद्युत चोरी गर्ने गहरा र महादेवका ५ जना स्थानीयलाई नियन्त्रण लिएका थिए । सरहन्चियामा एउटा घरमा हुकिङ गरिरहेको बेला घरधनीलाई नियन्त्रणमा लिन खोज्दा गाउँ नै जम्मा भएर ३ वटा गाडी नियन्त्रणमा लिई हाम्रा कर्मचारीमाथि भौतिक आक्रमण भयाे’ उनले भने ।

कर्मचारीमाथि भौतिक आक्रमण गर्नेविरुद्ध प्राधिकरणले सार्वजनिक मुद्दा चलाउने प्रक्रिया अघि बढाएकाे छ । दोषिमाथि कारबाही नभएमा बाँकी कर्मचारीकाे मनोबल घट्ने हुँदा पनि कानुन बमाेजिम कारबाहीकाे माग गरिने यादवले बताए ।

वितरण केन्द्र अन्तर्गत अहिले १९ प्रतिशत चुहावट भइरहेको छ । गत वर्ष ३२ प्रतिशत रहेको चुहावट चालु आर्थिक वर्षभित्र २३ प्रतिशतमा झार्ने लक्ष्य थियो । तर, केन्द्रले लक्ष्यअनुसार चुहावट नियन्त्रण गर्न सकेकाे छैन ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३