विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई ४ थान टेलिभिजन सहयाेग गरेकाे छ ।

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सार्वजनिक संरचनाहरूको पुर्ननिर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समन्वयमा सहरी विकास मन्त्रालय, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, सानो गौचरण, काठमाडौसँग भएको सम्झौता अनुसार बिहीबार ४ थान टेलिभिजन हस्तान्तरण गरेको हो । 

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा मन्त्रालयका सह–सचिव रुद्रसिंह तामाङलाई इपान उपाध्यक्ष भरत खत्री र महासचिव बलराम खतिवडाले हस्तान्तरण गरे । 

टेलिभिजन ग्रहण गर्दै सह–सचिव तामाङले टेलिभिजनहरू सहायता गरेकोमा इपानलाई धन्यवाद दिए । महासचिव खतिवडाले ऊर्जा मन्त्रालय निजी क्षेत्रका लगानीकर्ताहरूका लागि सहजीकरण गर्ने थलो भएकोले आफ्नो दायित्व निर्वाह गर्ने क्रममा मन्त्रालयकै आग्रह बमोजिम सहायता गरिएको बताए

इपानद्वारा हस्तान्तरण गरिएका टेलिभिजनहरू मन्त्रालयको बैठक कक्षका साथै अन्य स्थानमा रहनेछन् । जेनजी आन्दोलनका क्रममा टेलिभिजनहरू क्षति भएपछि मन्त्रालयलाई बैठक कक्षमा प्रस्तुतीकरण लगायतमा समस्या परेको थियो । 

इपान उपाध्यक्ष खत्रीका अनुसार क्षतिग्रस्त सार्वजनिक संरचनाहरूको पुर्ननिर्माणका क्रममा सहरी विकास मन्त्रालयसँग समन्वय गरी क्षतिग्रस्त गृह मन्त्रालयमा रंगरोहणको कार्य अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३