विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १४, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष
वित्तीय व्यवस्थापन

काठमाडौँ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा निर्माणका लागि प्रस्तावित ३१.९२ मेगावाटको माथिल्लो मेवा खोला ‘ए’ जलविद्युत् आयोजना निर्माणका लाग लगानी जुटेको छ । सूर्य होल्डिङ्स प्रालिले प्रवर्द्धन गरिरहेको आयोजनामा ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा लक्ष्मी सनराइज बैंकले ऋण लगानी गर्ने भएका छन् ।

उक्त सहवित्तीयकरणमा ऋण लगानी सम्बन्धी सम्झौता पत्रमा बिहीबार हस्ताक्षर भएको छ । सम्झौता पत्रमा प्रवद्र्धक कम्पनीका प्रबन्ध सञ्चालक मोहनविक्रम कार्की, ग्लोबल आइएमईका प्रमुख व्यापार अधिकृत कल्याण बिक्रम पाण्डे र लक्ष्मी सनराइजका प्रमुख व्यापार अधिकृत मनिषराज कुँवरले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार आयोजनामा ग्लोबल आइएमई बैंकले ३ अर्ब रुपैयाँ र लक्ष्मी सनराइजले १ अर्ब ७७ करोड रुपैयाँ ऋण लगानी गर्ने छन् । त्यस्तै, आयोजना प्रवद्र्धकका तर्फबाट १ अर्ब ६० करोड रुपैयाँ स्वुँजी जुटाइने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

कुल ६ अर्ब ३७ करोड रुपैयाँ (प्रतिमेगावाट १९ करो ९५ लाख रुपैयाँ) लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी गरिने छ ।  

सम्झौता समारोहमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आयोजना तोकिएकै समयभित्र सम्पन्न भई राज्यको ऊर्जा उत्पदन, खपत र निर्यात बढाउन योगदान गर्ने विश्वास व्यक्त गरे ।

सम्झौता कार्यक्रममा प्रबन्ध सञ्चालक कार्कीले कम्पनीका अध्यक्ष राजेश खड्का, सञ्चालकहरू गोपाल कुमार बस्नेत, विजय सम्बाहाम्फे, कृष्णप्रसाद अधिकारी, होमनाथ भट्टराई, गोबिन्द पाण्डेलगयतले जलविद्युत् क्षेत्रमा लामो अनुभव भएको टिम रहेकोले आयोजना समयमै पूरा हुने विश्वास दिलाए । 

निर्माण सुरु भएको मितिबाट ३ वर्षभित्र आयोजनाबाट विदुत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३