विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न २ जलविद्युत कम्पनीलाई अनुमति दिएको छ । बोर्डले निर्माणाधीन र निर्माण सम्पन्न जलविद्युत आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन अनुमति दिएको हो ।

सय रुपैयाँ अंकित ५२ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गरी बाँडफाँड गर्न जलविद्युत कम्पनीलाई अनुमति दिइएको बोर्डले जनाएको छ । बोर्डका अनुसार अनुमति पाउनेमा न्यादी हाइड्रोपावर र बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी रहेको छन् ।

अनुमति पाउने मध्ये बुटवल पावर कम्पनी (बिपिसी) को सहायक न्यादी हाइड्रोपावरले ४० लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न गत सोमबार (११ गते) अनुमति पाएको हो ।

कम्पनीले लमजुङमा निर्माणाधीन ३० मेगावाटको न्यादी खोला जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन अनुमति पाएको हो । यो कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले निर्माण गरिरहेको आयोजना अन्तिम चरणमा पुगिसकेको छ ।

यस्तै, बुद्धभुमी नेपालले पनि १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न बिहीबार (१४ गते) अनुमति पाएको हो । कम्पनीले नुवाकोटमा सञ्चालित ५ मेगावाटको तादी खोला जलविद्युत केन्द्रको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सिभिल क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit