काठमाडौँ । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आइपिओ आज (असार १८ गते) बाट सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका २९ लाख ४२ हजार ७ सय ६० कित्ता आइपिओ जारी गरेको हो ।
आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । आवेदकले असार २२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले गोरखाको धार्चे गाँउपालिका–४ मा ४.५५ मेगावाटको माथिल्लो माछाखोला आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गरिरहेको छ ।