विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बुटवल पावर कम्पनी (बिपिसी) को सहायक न्यादी हाइड्रोपावर कम्पनीले साउन २९ गतेदेखि सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले लमजुङमा निर्माणाधीन ३० मेगावाटको न्यादी खोला जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याएको साधारण सेयर प्रतिकित्ता निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँमा अंकित १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गर्ने तयारी गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमाध्यले बताए । उनका अनुसार पहिलो चरणमा स्थानीयका लागि छुटयाएको सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ ।

दोस्रो चरणमा सर्वसाधारणका लागि छुट्याएको २५ करोड ५० लाख रुपैयाँ बराबरको २५ लाख ५० हजार कित्ता सेयर निष्कासन गरिनेछ । जसमध्ये, १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोषका लागि र ४५ हजार कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याएको छ ।

यो कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न नेपाल धितोपत्र बोर्डबाट गत ११ गत अनुमति पाएको थियो। कम्पनीको निर्माणाधीन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit