विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । तनहुँ हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको तनहुँ जलविद्युत् आयोजनाले (१४० मेगावाट) यस वर्षको मनसुनअघि नै बाढीको जोखिम न्यूनीकरणका लागि बाढी पूर्वसूचना प्रणाली (Flood Early Warning System) जडान  गरेको छ । बर्खा लागेसँगै खोलामा बाढीको प्रकोप बढ्ने हुँदा उक्त प्रणाली अपनाइएको हो ।

अस्थायी बाँधको माथिल्लो क्षेत्रमा बाढी मापन गर्ने उपकरण जडान गरिएको र यसबाट प्राप्त तथ्याङ्क (डेटा) करिब ४ किलोमिटर तल रहेको साइट अफिसमा रियल टाइममा अवलोकन गर्न सकिने कम्पनीका प्रबन्ध निर्देशक छबि गैरेले बताए ।

'अब हरेक सेकेन्डको बाढी प्रवाहको स्थिति थाहा पाउन सकिन्छ,' गैरेले भने भने, 'यस प्रविधिको प्रयोग नेपालमा पहिलोपटक भएको हो । समयमै जोखिमको पूर्वानुमान पाएपछि जनधनको सम्भावित क्षति न्यूनीकरण गर्न मद्दत पुग्ने छ ।'

अस्थायी बाँध रहेको स्थान भौगोलिकरूपमा दुर्गम भएकाले विशेषतः रातिको समयमा त्यहाँ पुगेर स्थिति अवलोकन गर्न जटिल हुने हुँदा यस्तो प्रविधिले विपद् न्यूनीकरणमा ठूलो सहयोग पुर्‍याउने आयोजना प्रमुख श्यामजी भण्डारीले बताए ।

पूर्वसूचना प्रणाली सञ्चालनसम्बन्धी तालिम दिइँदै

'अब साइट अफिसमै बसेर जुनसुकै समयमा बाढीको अवस्था बुझ्न सकिन्छ, जुन जोखिम न्यूनीकरणमा महत्वपूर्ण कदम हो,' उनले भने, 'साथै, भारी वर्षा वा प्रतिकुल मौसममा मोबाइल नेटवर्क अवरुद्ध हुन सक्ने भएकाले वायरलेस प्रविधिमार्फत सञ्चारको वैकल्पिक व्यवस्था गरिएको छ ।'

कम्पनीका अनुसार यो प्रणालीको डिजाइन र कार्यान्वयन इनोभेटिभ इन्जिनियरिङ सर्भिसेज प्रा.लि.ले गरेको हो। प्रणालीमा बाढीको वास्तविक अवस्था जानकारी दिने मात्र नभई पूर्वनिर्धारित जलस्तर नाघेपछि स्वचालितरूपमा साइरन बज्ने र सरोकारवालालाई एसएमएसमार्फत चेतावनी पठाउने सुविधा समेत जडित रहेको कम्पनीका प्रबन्ध निर्देशक तथा प्राविधिक प्रमुख अनुप खनालले बताए ।

खनालका अनुसार यस्तो प्रविधि निर्माणाधीन तथा सञ्चालनमा रहेका अन्य जलविद्युत् आयोजनामा समेत अत्यन्त उपयोगी हुने छ । साथै, यसको सफल प्रयोगले नेपालमा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३