काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले जलविद्युत आयोजनामा लगानी गर्न १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको हो ।
२ मेगावाटको खोरुङगा ताङ्गमाया खोला क्यास्केड जलविद्युत आयोजना निर्माण गर्न र अन्य लाभदायक हाइड्रोपावर कम्पनीमा लगानी गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार साधारण सभाले प्रस्ताव पारित गरिसकेपछि सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ ।
कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले तेह्रथुममा ७.५ मेगावाटको माथिल्लो खोरुङ्गा जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।