काठमाडौ । दरम खोला हाइड्रो इनर्जी लिमिटेडले साधरण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ३९ लाख ५० हजार कित्ता सेयर निस्कासन गर्न जेठ ५ गते बोर्डमा आवेदन दिएको हो ।
सय रुपैया अंकित ३९ करोड ५० लाख रकम बराबरको ३९ लाख ५० हजार कित्ता सेयर निस्कासन गर्न बोर्डमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बोर्डबाट अनुमति पाउने लगत्तै पहिलो चरणको सेयर निष्कासन तथा बाडफाड गरि दोर्स्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।
कम्पनीको सेयर निष्कासन गरि बाँडफाँड गर्न लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले बाग्लुङको गलकोट नगरपालिकामा ९.६ मेगावाटको दरम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।