विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हाल सर्वसाधारणका लागि छुट्ट्याइएको साधारण सेयर निष्कासन तथा बिक्री गरिरहेको सयपत्री हाइड्रो पावर लिमिटेडले आगामी आर्थिक वर्ष (आव) देखि लगानीकर्तालाई लाभांश बाँड्ने भएको छ । कम्पनीले सञ्चालन गरिरहेको जलविद्युत आयोजनाबाट वार्षिक ऊर्जा उत्पादन राम्रो भएको हुँदा बैंकको साँवा–ब्याज भुक्तानी गर्दै लाभको हिस्सा सेयरधनीलाई समेत वितरण गर्ने भएको हो ।

कम्पनीले बागलुङको दरम खोलामा २.५ मेगावाटको दरम खोला–ए जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । सरकारले ऊर्जा भण्डारणका लागि हरित ऊर्जा परियोजना स्थापना गर्ने गरी नीति बनाइरहेको हुँदा यसतर्फ लगानी गर्न अध्ययन भइरहेको कम्पनीका सञ्चाल गोपालप्रसाद निउरेले बताए ।

‘नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको सबस्टेसनको प्रतिकूलता हुँदा हुँदै पनि हामीले जलविद्युतगृहको सञ्चालन कुशलतापूर्वक सञ्चालन गरेका छौं,’ उनले भने, ‘अब हामी विस्तारै हरित ऊर्जा सँगसँगै ठूला आयोजना निर्माणमा समेत लगानी गर्ने योजनामा छौं ।’ अधिकांश लगानी गैरआवासीय नेपालहरूको रहेको र २०७३ असार १२ गतेदेखि सञ्चालनमा आएको आयोजनाले प्राधिकरणले तोके अनुसारको वार्षिक ऊर्जा उत्पादनको सीमा सजिलै पुर्याएको छ ।

कतिपय साना आयोजनाले प्राधिकरणसँग गरेको सम्झौता अनुसारको ऊर्जा उत्पादन नगर्दा जरिवाना तिर्न परिरहेको अवस्थामा दरम खोलाको हकमा अहिलेसम्म त्यस्तो नभएको निउरेको भनाइ छ । कम्पनीले शुक्रबार (साउन १३ गते) देखि सर्वसाधारणलाई निष्कासन तथा बिक्री खुला गरेको साधारण सेयरका लागि साउन १७ गतेसम्म आवेदन दिन सकिने छ ।

यसअघि आयोजना प्रभावित स्थानीयलाई छुट्ट्याइएको तर बिक्री हुन नसकेको १ लाख २१ हजार ६० लाख कित्ता समेत थप गरी कूल ७ लाख २१ हजार ६० लाख कित्ता सेयर निष्कास गरेको छ । कम्पनीका अनुसार निष्कासन भएको मध्ये ५ प्रतिशतले हुन आउने अर्थात् ३६ हजार ५३ लाख कित्ता सेयर सामुहिक लगानी कोषका लागि र ३ प्रतिशतले हुन आउने १४ हजार ४ सय २१ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्ट्याइएको छ ।

बाँकी, ६ लाख ७० हजार ५ सय ८६ कित्ता सर्वसाधारणका लागि आवेदन खुल्ला गरिएको छ । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदकले छिटोमा आमागी १७ गतेसम्म र ढिलोमा २७ गतेसम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ । सेयर निष्कासन तथा बाँडफाँड गर्न एनआईबिएल क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । कूल ५३ करोड ४५ लाख रुपैयाँ निर्माण पूरा भएकाे आयाेजनाकाे प्रतिमेगावाट लागत २१ करोड ३८ लाख रुपैयाँ रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit