विद्युत अपडेट

  • प्राधिकरण : ९३७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८५१ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३७३२७ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २५६७५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६०५५१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८४४ मे.वा.
२०८२ कार्तिक १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । इलाम जिल्लाको देउमाई नगरपालिका-५ मा ८.३ मेगावाटको अप्पर देउमाई खोला साना जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गर्न ३३ केभी प्रसारण लाइन निर्माण गरिने भएको छ । यसका लागि अनुमतिपत्र माग गर्दै प्रर्वद्धक कम्पनी वाटर इनर्जी सोलुसन लिमिटेडले विद्युत् विकास विभागमा आवेदन दिएको छ ।

कम्पनीले आयोजनाको स्वीचयार्डदेखि सोही जिल्लाको वडा नम्बर १० मा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको १३२/३३/११ केभी गोदक सबस्टेसनसम्म १८.४७ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निमाण गर्ने प्रस्ताव गरेको छ । यसका लागि २९१ वटा स्टिल टुबुलर पोलहरू रहने तथा ‘एसिआर उल्फ कन्डक्टर’ जडान गरिने जनाइएको छ । पोलको उचाई १३ मिटर र पोलको बीचको औसत दूरी १८.०९–२०९.९२ मिटर हुने छ । पोल र प्रसारण लाइन निर्माण गर्न ‘राइट अफ वे’ र ‘पोल फाउन्डेसन’का लागि स्थायी तथा अस्थायी रूपमा जम्मा १२.८२७१ हेक्टर जग्गा आवश्यकता पर्ने उल्लेख छ ।

१२ महिनाभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको प्रसारण लाइनमा काम गर्दा वातावरणमा कुनै उल्लेखनीय प्रतिकुल प्रभाव पर्ने देखिए ३५ दिनभित्र विभाग वा कम्पनीमा लिखित राय प्रतिक्रिया दिन विभागले सूचित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३