विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सयपत्री हाइड्रो पावर लिमिटेडको सेयर आवेदन अवधि थप भएको छ । कम्पनीले बाग्लुङ जिल्लाको धरम खोलामा निर्माण सम्पन्न २.५ मेगावाटको धरम खोला–ए जलविद्युत आयोजना प्रभावित स्थानीयका लागि खुल्ला गरेको सेयर आवेदन अवधि थप गरिएको हो । 

कम्पनीले प्रभावित स्थानीयका लागि गत असार २ गतेदेखि सेयर आवेदन खुल्ला गरेको थियो । आवेदन खुल्ला गरे बापत माग बामोजिमको दरखास्त नभएकाले समय अवधि थप गरेको कम्पनीले जनाएको छ । 

कम्पनीले सय रुपैयाँ अंकित ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता साधारण सेयर निष्कासन गरेकोे छ । कम्पनीकाअनुसार आयोजना प्रभावित क्षेत्र बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका बासिन्दाका लागि सेयर निष्कासन गरेको हो ।

स्थानीयले असार २२ गतेसम्म आवेदन दिन पाउँनेछन् । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले धरम बाग्लुङ जिल्लाको धरम खोलामा रहेको २.५ मेगावाटको धरम खोला–ए जलविद्युत केन्द्रले २०७३ असार १२ गतेबाट निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit