विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभामा निर्माणाधीन साढे ८ मेगावाटको माथिल्लो हेवाखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन तालिका असोजमा सरेको छ । कोरोना (कोभिड–१९) महामारीका कारण आयोजनाको निर्माणले गति लिन नसक्दा विद्युत उत्पादन हुने समय पनि धकेलिएको हो ।

आयोजनाकाे विद्युत साउन पहिलाे सातादेखि प्रसारण प्रणालीमा जाेड्ने पछिल्लाे तालिका थियाे । कोरोना महामारीका कारण बैशाख यता निर्माण सुस्त हुँदा विद्युत उत्पादन तालिका प्रभावित भएको प्रवर्द्धक अप्पर हेवा खोला हाइड्रो पावर कम्पनीका प्रबन्ध निर्देशक डेडराज खड्काले बताए ।

‘अब आयोजनामा थोरै काम मात्र बाँकी छ । कोरोनाको दोस्रो लहरमा कामदार नै संक्रमित हुन पुगेकाले यसको असर आयोजनाको निर्माणमा पनि परेको छ ,’ उनले ऊर्जा खबरसँग भने, ‘अब विस्तारै निर्माणलाई गति दिने प्रयास गरिरहेका छाैं ।’ उनले अक्सिजन अभावले हाइड्रोमेकानिकलको थोरै काम पूरा गर्न बाँकी रहेको बताए ।

आयोजनामा भएका अक्सिजन कोरोना संक्रमितको उपचारका लागि अस्पताल तथा स्थानीय निकायमा दिएको र भएका अक्सिजन सिलिन्डर भर्न नपाएकाले काम प्रभावित हुन पुगेको पनि उनले बताए । आयोजनास्थलसम्म पुग्न खोलामा पुल नभएकाले समेत काममा ढिलाई भइरहेको उनले जानकारी दिए ।

आयोजनाको बाँध क्षेत्रका संरचनाको काम सकिएको छ । विद्युतगृहमा उपकरण जडानको काम पनि पूरा भइसकेको छ । आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत कोसी कोरिडोरको बानेश्वर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक १०.४ किलोमिटर लामो प्रसारण लाइन कम्पनीले निर्माण गरिसकेकाे छ । 

आयोजनाबाट वार्षिक ४६.२८ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । हिउँदमा ६.९५ र बर्खामा ३९.३२ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।आयोजना सम्पन्न गर्न करिब १ अर्ब ४१ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजनामा एनएमबी बैंकको अगुवाईमा नेपाल बैक र कृषि विकास बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit