विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राष्ट्रिय योजना आयोगकाे मध्यकालीन वार्षिक विकास कार्यक्रमअनुसार आगामी ३ वर्षभित्र  १९ लाख घरधुरीमा सुधारिएकाे चुलाे जडान गर्ने लक्ष्य राखेकाे छ । आयोगले आर्थिक वर्ष (आव) २०८२/८३ भित्रमा सुधारिएकाे चुलाे जडानकाे संख्या १९ लाख पुर्याउने लक्ष्य राखेकाे हाे । 

पछिल्लो समयमा भान्छा व्यवस्थापन वा स्वस्थ्यकर भान्छाको पहिलो पूर्वसर्त चुलोलाई मानिएको छ । सोही अनुसार आव २०७८/७९ मा १५ लाख २८ हजार सुधारिएको चुलो जडान गरेकाे आयोगले जनाएकाे छ ।आव २०७९/८० भित्र १६ लाख चुलाे जडान गर्ने लक्ष्य राखेकाे छ ।

आयोगले ३ वर्षीय योजना अनुसार चुलाे जडानकाे संख्या २०८०/८१ भित्र १६ लाख ७० हजार, २०८१/८२ भित्र १८ लाख र २०८२/८३ भित्र १९ लाख पुर्याउने लक्ष्य राखिएकाे आयाेगले जनाएको छ । 

आयोगका अनुसार हाल सुधारिएको चुलोको माग बढ्दै गएको देखिएको छ । सुधारिएको चुलोले मानव जीवन असर नपर्ने र भान्छाहरूमा सहज र छिटो छरितो हुने भएकाले चुलोको माग बढ्दै गएको छ।

बिरामी व्यक्तिका लागि घर पहिलो अस्पताल अर्थात उपचार केन्द्र हो । यसैले, भान्छामा उपयोग हुने ऊर्जाले नै स्वस्थ जीवनको आधार निर्धारण गरेको हुन्छ । त्यसैले, पछिल्लाे समय विद्युतीय चुलाे र सुधारिएकाे चुलाे जडान गर्ने परिवार संख्या बढ्दै गएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit