विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माणाधीन ६ मेगावाटको माथिल्लो चौरी खोला जलविद्युत आयोजनामा २ बैंकले ऋण लगानी गर्ने भएका छन् ।  आयोजनामा राष्ट्रिय बाणिज्य बैंकको अगुवाईमा कृषि विकास बैंकले पनि ऋण लगानी गर्ने भएकाे हाे ।

काभ्रे र सिन्धुपाल्चोककाे सीमा भएर बग्ने चाैरी खाेलामा निर्माणाधीन आयोजनामा ऋण लगानीका लागि बैंक र प्रवर्द्धक कम्पनीबीच वित्तीय व्यवस्थापन  सम्झाैतामा हस्ताक्षर भएकाे छ । आयोजना कर्णाली जलस्रोत लिमिटेडको सहायक हिमालय वाटर रिसर्च एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले निर्माण गरिरहेकाे छ ।

सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र  कम्पनीको तर्फबाट जुद्धबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।

आयोजनामा २ बैंकले ७२ कराेड ८० लाख रुपैयाँ ऋण लगानी गर्दैछन् । बैंकले गर्न लागेकाे ऋण लगानी कूल लागतकाे ६५ प्रतिशत हाे । ऋणकाे ६० प्रतिशत राष्ट्रिय बाणिज्य बैंकले र ४० प्रतिशत कृषि विकास बैंकले लगानी गर्ने गरी सम्झौता भएको छ । 

 बाँकी ३५ प्रतिशत अर्थात ३९ करोड २० लाख रुपैयाँ स्वपुँजी लगानी छ । आयोजना सम्पन्न गर्न १ अर्ब १२ करोड कुल लागत अनुमान गरिएको छ ।

आयोजनाबाट २०७९ असोजदेखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको  कम्पनीका अध्यक्ष लोकबहादुर रावतले बताए । उनले वर्षायाममा पनि  आयोजना निर्माणको काम  तीव्र पारेकाे उनले बताए । कम्पनीले आयोजना अघि बढाउन विद्युत विकास विभागबाट २०७४ बैशाख २९ गते उत्पादन अनुमति पाएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit