विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अवसर इक्विटी डाइभर्सिफाइड फण्डले हिमपर्वत हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको दुई जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । फण्डले ३९.०६ करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरेको हो ।

कम्पनीले दोलखामा निर्माण गरिरहेको २० मेगावाटको सुगु खोला र ५.५ मेगावाटको सुगु खोला–१ जलविद्युत आयोजनामा लगानी गर्न फण्ड र कम्पनीबीच सोमबार (जेठ २२ गते) सम्झौता भएको छ । दुवै आयोजनाका लागि विद्युत खरिद सम्झौता (पिपिए) सम्पन्न भइसकेको छ ।

आयोजनाको सबै काम पूरा गरी २०८१ चैत २९ गते व्यवसायीय उत्पादन सुरु गर्ने कम्पनीको लक्ष्य छ । यो आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको सिंगटी सबस्टेसनमा जोडिनेछ । दुवै आयोजनाबाट वार्षिक १४९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

फण्ड विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता भएको नेपालको पहिलो निजी इक्विटी फण्ड हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit