विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले सुदुर पश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको दोदोधारा सवस्टेसन देखि सोही जिल्लाको कर्मादेव गाउँ (नेपाल भारत सिमाना) सम्म २५०० मेगावाटको विद्युत प्रवाह हुने २७ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले आयोजनाको विद्युत प्रवाह गर्न ४०० केभीको प्रसारण लाइन निर्माण गर्न लागेको हो । 

सुदुर पश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ (साविक दोदोधारा गाविस) मा बन्ने दोदोधारा सवस्टेसनदेखि सोही जिल्लाको भजनी नगरपालिका–५ (साविक लालबोझ गाविस) को कार्मादेव गाउँ (नेपाल भारत सिमाना) सम्म डबल सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार अध्ययन पूरा भएको लाइनको निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको हो । कम्पनीलाई अनुमतिपत्र दिन विभागले ३५ दिने सूचना जारी गरेको छ । विभागले अनुमतिपत्र दिनु अघि प्रसारण लाइन निर्माण गर्दा तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय÷सुझाव मागेको छ । 

प्रसारण लाइनमा ९० वटा स्टील टावर हुनेछ । समुद्री सतहबाट टावरको अधिकतम उचाई १८५.१६७ मिटर र न्यूनतम उचाई १४६.६१ मिटरको हुनेद्ध । तर टावरहरु बीचको दुरी १२९.२८५ देखि ४७९.३९८ मिटर हुनेछ । 

आयोजना निर्माणका लागि कूल १५१.५५ हेक्टर जग्गा आवश्यक पर्नेछ । एपी टावर निर्माणको लागि ८.१० हेक्टर, सवस्टसनको लागि १५.०९ हेक्टर, विद्युत मार्गको अधिकार क्षेत्रको लागि १२८.०६ र अस्थायी जग्गाको लागि ०.३ हेक्टर जग्गा प्रयोग गरिनेछ ।

कम्पनीले प्रसारण लाइनको काम ३ वर्ष (२०८२ असोज) भित्र सम्मपन्न गर्ने लक्ष्य राखेको छ । लाइन निर्माण गर्दा भू–क्षय, बाढी, बायु प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३