विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले शतप्रतिशत हकप्रद सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजनामा लगानी गर्ने संस्थापक र सर्वसाधारणका लागि हकप्रद सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको हो ।

चुक्ता पुँजीको १ः१ अनुपातको हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीले सेयरधनीका लागि प्रतिकित्ता सय रुपैयाँमा अंकित ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

बोर्डबाट अनुमति प्राप्त भए लगतै हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गर्ने कम्पनीले जनाएको छ । सेयर निष्कासन गरी बाँडफाँड गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । एचआइडिसिएल जलविद्युतमा लगानी गर्ने उद्देश्यले खाेलिएकाे वित्तीय संस्था हाे । 

कम्पनीले अहिले ५ वर्षे व्यावसायिक कार्ययोजना कार्यान्वयन गरिरहेको छ । जसअनुसार आव २०७८/७९ सम्म ३ हजार ३ सय ३९ मेगावाटका २३ आयोजनाहरूमा १० अर्ब ७६ करोड रुपैयाँ स्वपुँजी लगानी गर्ने लक्ष्य राखेको छ । यस्तै, सोही अवधिमा १२ अर्ब ६७ करोड रुपैयाँ ऋण लगानी गर्ने योजना छ ।

कम्पनीले हालसम्म ४ सय ७६ मेगावाटका १३ आयोजनामा १० अर्ब ८८ करोड ऋण लगानी गरेको छ । ती मध्ये ९०.६ मेगावाटका ४ आयोजना सञ्चालनमा आइसकेका छन् । यही आवभित्र १ सय ८२ मेगावाटका आयोजनाबाट विद्युत् उत्पादन हुँदैछ ।

हालसम्म कम्पनीले १५ सय ४० मेगावाटका ५ आयोजना र ४ सम्बन्धित कम्पनीहरूमा ९ अर्ब ४५ करोड रुपैयाँ स्वपुँजी लगानी गरेको छ । उता पावर चाइनासँगको सहकार्यमा १ सय ५६ मेगावाटको माडी जलाशय र ७ सय ५६ मेगावाटको तमोर जलाशय निर्माण गर्न सम्झौता गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit