काठमाडौं । दोलखामा १० मेगावाटको सिप्रिङ खोला जलविद्युत आयाजना निर्माण गरी सञ्चालन गरिरहेको सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले हकप्रद साढे ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असार २० गते (बुधबार) २ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
चुक्त पूँजी ४० करोड ३२ लाख ८७ हजार ५ सय रकम बराबरको सय रुपैयाँ अंकित २ः१ को अनुपातमा ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद सेयर निष्कासन अनुमति पाएको कम्पनीले जनाएको छ । कम्पनीले छिटै सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ ।
कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले निर्माण सम्पन्न गरेको १० मेगावाटका सिप्रिङ खोला जलविद्युत आयोजनाले निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।