विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । टक्सार पिखुवाखोला हाइड्रो पावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा नविन सिलवाल नियुक्त भएका छन् । पुष १ गतेदेखि लागु हुने गरी कम्पनीले सिलवाललाई सिइओमा नियुक्त गरेको होे ।

उर्जा क्षेत्रमा सिलवालको ६ वर्ष भन्दा लामो समय कामको अनुभव रहेको छ । यस आयोजनाको सुरुवातदेखि नै सिलवाल कम्पनीमा आवद्ध थिए । कम्पनीमा सिलवालले सुरुमा वित्त प्रमुख भएर काम गरेका थिए । उर्जा क्षेत्रमा छोटो समयमा आफूलाई अब्बल र सवल बनाउन सफल भए । 

कम्पनीले अहिले सेयर निष्कासन प्रक्रिया अघि बढाएकाे छ । सेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतको पर्खाइमा रहेकाे कम्पनीले जनाएकाे छ । कम्पनीले करिब साढे ४७ लाख कित्ता साधारण सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिइसकेको छ । कम्पनीले अनुसार बोर्डबाट स्वीकृत प्राप्त हुने लगतै सेयर निष्कासन गरिनेछ । 

सेयर निष्कासन तथा बाँडफाँड गर्नका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले भोजपुरमा ८ मेगावाटको टक्सार पिखुवा खोला जलविद्युत् आयोजना सम्पन्न गरी २०७७ चैतदेखि निरन्तर रुपमा विद्युत उत्पादन गरिरहेको छ ।

राष्ट्रिय प्रसारण प्रणालीमा जडान भई विद्युत उत्पादन गरिरहेको यस आयोजनाले उत्पादनबाट नियमित आम्दानी गर्दै आएको छ ।  सेयर जारी गरी उठेको रकमक कम्पनीको बाँकी ऋण तिरी निकट भविश्यमै लगानीकर्तालाई लाभांश दिने पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit